सन्तोषकुमार गुप्ता । मंसिर, ७ दाङ । सिंचाई मन्त्री दिपक गिरीले नयाँ संविधान कार्यान्वयनका लागि सवै राजनीतिक दलहरु एक जुट हुनुपर्ने बताएका छन् । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । मंसिर, ७ दाङ । सिंचाई मन्त्री दिपक गिरीले नयाँ संविधान कार्यान्वयनका लागि सवै राजनीतिक दलहरु एक जुट हुनुपर्ने बताएका छन् । "/>
२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दलहरु संविधान कार्यान्वयनमा एक जुट हुनुपर्छ – मन्त्री गिरी

७ मंसिर २०७३, मंगलवार ०९:१०

सन्तोषकुमार गुप्ता । मंसिर, ७ दाङ । सिंचाई मन्त्री दिपक गिरीले नयाँ संविधान कार्यान्वयनका लागि सवै राजनीतिक दलहरु एक जुट हुनुपर्ने बताएका छन् । तुलसीपुरमा जारी ‘क्लीन तुलसीपुर ग्रीन तुलसीपुर सरसफाई अभियानमा मंगलवार विहान सहभागी भएका मन्त्री गिरीले मुलुकमा सहमति मार्फत संविधान कार्यान्वयन गरी आर्थिक सम्वृद्धि तर्फ लैजानु पर्ने वेला आएको बताएका थिए ।


देशमा विकास निमार्ण अबको प्रमुख एजेण्डा हुने बताउँदै तर, सहमतिका लागि आपसी खिचातानिको अन्त्य हुनुपर्ने बताए । खिचातानीमा विकास असम्भव हुने भएकोले सहमतिमा आउनुको विकल्प नुहुने काँग्रेस केन्द्रीय सदस्य समेत रहेका गिरीले बताए । मंगलवार १४ औं हप्ताको सरसफाई अभियान्ताहरुको मनोवल बढाउन पुगेका मन्त्री गिरीले तुलसीपुर उद्योग वाणिज्य संघ र तुलसीपुर नगरपालिकाले सञ्चालन गरेको सरसफाई अभियानले उदाहरणीय सन्देश प्रवाह गरेको उल्लेख गरे ।दाङ क्षेत्र नं. ५ बाट निर्वा्चित सांसद समेत रहेका गिरीले सरसफाई प्रत्येक व्यक्तिका लागि महत्वपूर्ण हुनेहुँदा यसमा सबैको साझा प्रयत्न हुनुपर्ने बताएका थिए । मंगलवार तुलसीपुरको ‘ङ’ लाईनमा दोश्रो पटक घरदैलो एवं सरसफाई अभियान सञ्चालन गरिएको  छ ।


अभियानका संयोजक एवं तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालले जानकारी दिएका छन् । दर्जनौ सामाजिक संघ संस्था, विभिन्न टोल विकास समिति र सुरक्षा निकायको सहकार्यमा सञ्चालन भइरहेको सरसफाई अभियानले तुलसीपुरको फोहोर व्यवस्थापन र सुन्दरतामा उल्लेखनिय सुधार हुदै गएको अध्यक्ष रिजालले बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिपक काफ्ले, विभिन्न राजनितिक दल ,संघसंस्था, टोलविकास संस्थाहरु, यातायात व्यवसायी, नागरीक समाज लगायतको उल्लेखनिय सहभागिता रहेको थियो । यसैविच तुलसीपुर नगरपालिकाले ‘ङ’ लाईनमा आफ्नो घर पसल अगाडि र पछाडि फोहर थुपार्ने एक जना व्यक्तिलाई नगद पाँच सय जरिवाना समेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव