मङ्सिर ७, नवलपरासी । नेकपा क्रान्तिकारी माओवादीको बैद्यानिक मोर्चाको रुपमा नवलपरासीमा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल (देजमो) गठन गरिएको छ । 

क्रान"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ७, नवलपरासी । नेकपा क्रान्तिकारी माओवादीको बैद्यानिक मोर्चाको रुपमा नवलपरासीमा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल (देजमो) गठन गरिएको छ । 

क्रान"/>

४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा बैद्य माओबादीद्वारा देशभक्त जनगणतान्त्रिक मोर्चा गठन

७ मंसिर २०७३, मंगलवार ११:५३

मङ्सिर ७, नवलपरासी । नेकपा क्रान्तिकारी माओवादीको बैद्यानिक मोर्चाको रुपमा नवलपरासीमा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल (देजमो) गठन गरिएको छ । 

क्रान्तिकारी माओवादी पार्टीलाई अर्ध भुमिगत बनाउदै पार्टीका खुल्ला काम गर्नका लागि देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल (देजमो) गठन गरिएको हो ।

मंगलवार बर्दघाटको दाउन्नेदेवी बहुमुखी क्याम्पसमा भएको भेलाबाट मोर्चाका कन्द्रीय सदस्य बृजदेव पाण्डेको अध्यक्षतामा १० जना पछि थप गर्ने गरी ३५ सदस्सीय नयां मोर्चा गठन गरिएको छ ।

 मोर्चाको जिल्ला उपाध्यक्षद्धयमा चुडामणि भण्डारी (बर्दघाट) दुर्गा पौडेल (गैडाकोट) जिल्ला सचिवमा रवि पाण्डे (बर्दघाट) र कोषाध्यक्षमा कल्पना गौतम (कावासोती) रहनुभएको छ ।

त्यस्तै सदस्यहरुमा कावासोतीबाट उत्तम थापा, पिताम्बर तिवारी, रामकुमार श्रेष्ठ, गिता पाण्डे, चोरमाराबाट श्याम कुमाल, पिताम्बर फालमगर, दिपक अर्याल, रहनुभएको छ ।

त्यसैगरी सदस्यहरुमा दुर्गा चौधरी, धनञ्जय पौडेल ,गणेश भटट(सुनवल) रामचन्द्र गौतम (परासी) छबि खरेल, उर्मिला क्षेत्री, भोला हरिजन, मंगल सार्की, राजु खनाल, बिनोद थापा,बोल्गा नेपाल लगायत चयन हुनुभएको छ ।

क्रान्तिकारी माओवादीलाई अर्ध भुमिगत लैजाने सो पार्टीको राष्ट्रिय भेलाको निर्णय बमोजिम मोर्चा गठन गरिएको सो पार्टी स्रोतले जनाएको छ ।

सत्ता तथा खुल्ला कामका लागि मोर्चा गठन गरिएको र मोर्चा जनवादी क्रान्तिको साधन रहेको क्रान्तिकारी माओवादीका केन्द्रीय सचिवालय सदस्य तथा अबध संयोजक प्रेम सुवेदीले बताउनुभयो ।  

मोर्चालाई सत्ताको सबै अंगका साथै गाउतह सम्म बिस्तार गरिने मोर्चाका नेताहरुले बताएका छन् । भेलामा क्रान्तिकारी माओवादी नवलपरासीका ईञ्चार्ज अशोक लम्साल, सेक्रेटरी संकल्प लगायतले प्रशिक्षण दिनुभएको थियो । भेला बृजदेव पाण्डेको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’