&"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

&"/>

२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

माघ ७ गते भित्रै स्थानिय निर्बाचन हुनुपर्छ : प्रमूख आयुक्त यादव

२०७३, १३ मंसिर सोमबार ११:४०

अजयकुमार साह, मंसीर १३, उदयपुर । निर्बाचन आयोगका प्रमूख आयुक्त डा. अयोधीप्रसाद यादवले तोकिएको समय भित्रै स्थानीय निर्बाचन हुनुपर्ने बताउनु भएको छ । 

      जिल्ला निर्बाचन कार्यालय उदयपुरको भवन सोमबार विहान सिलान्यास गर्न गाईघाट आईपुग्नु भएका प्रमूख आयुक्त यादवले २०७४ माघ ७ गते भित्रमै स्थानीय निर्बाचन हुनुपर्ने बताउनुभयो । तोकिएको समयमा निर्बाचन गराउन आयोगको जिम्मेवारी भएको भन्दै उहाँले त्यसका लागि सरकार र राजनीतिक दलहरुलाई पटक पटक सजग पार्नुका साथै घचघच्याईरहेको बताउनुभयो ।

      करिब १९ बर्ष पछि युवाहरुको ठूलो हिस्साले जीवनको महत्वपूर्ण समयमा जनताको प्रतिनिधि छनौट गर्ने अवसर नपाईरहेकोले स्थानीय निर्बाचन राष्ट्रको लागि प्राथमिकता र महत्वपूर्ण रहेको उहाँले प्रष्ट्याउनुभयो । 

      सरकारले स्थानीय निर्बाचनको मिति चैत्र महिनामा भने अनुरुप आयोग तयार रहेको तर सरकार र दलहरु नै निर्बाचनप्रति उदासिन रहेको उहाँले बताउनुभयो । सरकारमा सहभागि दलहरुबीच स्थानीय तह वा निकायको निर्बाचन भन्ने बारे धारणा प्रष्ट नभएको, शिर्षस्त नेताको भनाई फरक फरक आईरहेको उहाँले बताउनुभयो । 

      एकातिर राजनीतिक असहमति र अर्कोतर्फ आवश्यक ऐन, कानूनको अभाव, स्थानीय तहको नयाँ संरचना कस्तो हुने हो, गाउँपालिका, नगरपालिका के कति हुने हो, सिमांकन, नामांकन के हुने, स्थानीय प्रशासनको युनिट कहाकहाँ हुने आदि कुराहरु प्रष्ट नभएका कारणले आयोग दुविधापूर्ण अवस्थामा गुज्रिनु परेको उहाँले बताउनुभयो । 

आयोगले आवश्यक कानूनको मस्यौदा तयार पारेर पठाईसकेको भएपनि अहिलेसम्म कुनै पनि कानून प्राप्त गर्न सकेको बताउनुभयो । स्थानीय तह वा निकायको निर्बाचन गर्नुपर्छ भनेर अयोगले २०७२ पौष १८ गते नै कार्यविधि ऐन संसोधनको लागि पठाएको तर एकबर्ष वितिसक्दा पनि प्राप्त नभएको बताउनुभयो ।

आवश्यक कुराहरु प्राप्त भएपछि निर्बाचनको पूर्वाधार तयार गर्ने, निर्बाचन शिक्षा, निर्बाचन नामावलीको हेरफेर, मतदाता केन्द्रको पुनवरालोकन, गाउँपालिकामा निर्बाचनको वातावरण बनाउने थुप्रै कामहरु गर्नुपर्ने उहाँले बताउनुभयो । निर्बाचन फागुन, चैत, बैसाख जहिले गरेपनि तयारीको न्यूनतम समय अयोगलाई चाहिने बताउनुभयो । संविधानसभाको निर्बाचनमै सम्पूर्ण अभ्यासहरु भईसकेकोले अव आयोगलाई तयारीका लागि धेरै समय आवश्यक नपर्ने बताउनुभयो ।    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै