सन्तोषकुमार गुप्ता । मंसिर, १४ दाङ । पाँच नम्बर प्रदेशका पहाडी जिल्लाहरुलाई अन्य प्रदेशमा गाभ्न लागेको बिरोधमा दाङ प्रादेशिक राजधानी सरोकार समित"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । मंसिर, १४ दाङ । पाँच नम्बर प्रदेशका पहाडी जिल्लाहरुलाई अन्य प्रदेशमा गाभ्न लागेको बिरोधमा दाङ प्रादेशिक राजधानी सरोकार समित"/>
२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

पहाडी जिल्लाहरु ५ नम्बर प्रदेशबाट नहटाउन माग गदै दाङ पनि आन्दोलन

२०७३, १४ मंसिर मंगलवार १२:०८

सन्तोषकुमार गुप्ता । मंसिर, १४ दाङ । पाँच नम्बर प्रदेशका पहाडी जिल्लाहरुलाई अन्य प्रदेशमा गाभ्न लागेको बिरोधमा दाङ प्रादेशिक राजधानी सरोकार समितिले सरकारलाई ज्ञापनपत्र पठाएको छ । सरोकार समितिको आह्वानमा घोराहीमा आज (यालीको आयोजना गरी प्रधामन्त्रीको कार्यालयमा पहाडी जिल्लाहरु ५ नम्बर प्रदेशबाट हटाउन थालिएको गृहकार्य तत्काल रोक्न माग गर्दै ज्ञापनपत्र पठाएको हो ।


पाँच नम्बरलाई टुक्राउने पहल बन्द गर, रुकुम र सल्यानलाई समेत पाँच नम्बर प्रदेशमा कायम गर भन्दै सरोकार समितिले घोराही बजारमा ¥याली निकाल्दै जिल्ला प्रशासनमा पुगेर प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीको कार्यालयमा ज्ञापन पत्र पठाइएको हो । सरोकार समितिका संयोजक तथा दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष हेमराज बन्जाडे, नागरिक समाज दाङका संयोजक टीकाराम रेग्मी र नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सुदिप गौतमले प्रमुख जिल्ला अधिकारी दिपक काफ्ले मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएका हुन ।


ज्ञापन पत्रमा संबिधान संशोधनको नयाँ प्रस्ताबकोरुपमा ५ नम्बर प्रदेशलाई टुक्राउने गरि सिमा हेरफेर गर्न खोजिएको प्रति दाङबासीले आपत्ती प्रकट गर्दछौ भनिएको छ । संविधान कार्यान्वयनको चरणमा पुगेको अबस्थामा मिलेर बसेका जनताहरुलाई द्धन्द्धमा लैजाने र फुटाउन खोज्ने कार्य सरकारले गर्न लागेको सरोकार समितिले ठहर गरेको छ । ५ नम्बर प्रदेशबाट अलग गर्न खोजिएको बिरोधमा उत्रिएका रोल्पा, प्युठान, रुपन्देही, कपिलबस्तु लगाएका जिल्लाले थालेका आन्दोलन प्रति समर्थन जनाउदै सरोकार समितिले आफुहरुका मागमा सरकारले हचुवाकोभर देखाए दाङबासी शसक्त आन्दोलनमा उत्रने चेतावनी समेत ज्ञापनपत्रमा उल्लेख गरेको छ । 

साथै प्रदेश नम्बर पाँचको राजधानी दाङमा बनाउन सकिने आधारहरु धेरै रहेको भन्दै दाङलाई प्रादेशिक राजधानी तोक्न, विगतमा उठेका थारु लगाएतकाहरुको माग अधिकतम पुरा गर्न, रुकुम र सल्यानलाई समेत पाँच नम्बर प्रदेशमा समाबेश गर्न सरोकार समितिले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै