सन्तोषकुमार गुप्ता । मंसिर, १४ दाङ । पाँच नम्बर प्रदेशका पहाडी जिल्लाहरुलाई अन्य प्रदेशमा गाभ्न लागेको बिरोधमा दाङ प्रादेशिक राजधानी सरोकार समित"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । मंसिर, १४ दाङ । पाँच नम्बर प्रदेशका पहाडी जिल्लाहरुलाई अन्य प्रदेशमा गाभ्न लागेको बिरोधमा दाङ प्रादेशिक राजधानी सरोकार समित"/>
२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

पहाडी जिल्लाहरु ५ नम्बर प्रदेशबाट नहटाउन माग गदै दाङ पनि आन्दोलन

१४ मंसिर २०७३, मंगलवार १२:०८

सन्तोषकुमार गुप्ता । मंसिर, १४ दाङ । पाँच नम्बर प्रदेशका पहाडी जिल्लाहरुलाई अन्य प्रदेशमा गाभ्न लागेको बिरोधमा दाङ प्रादेशिक राजधानी सरोकार समितिले सरकारलाई ज्ञापनपत्र पठाएको छ । सरोकार समितिको आह्वानमा घोराहीमा आज (यालीको आयोजना गरी प्रधामन्त्रीको कार्यालयमा पहाडी जिल्लाहरु ५ नम्बर प्रदेशबाट हटाउन थालिएको गृहकार्य तत्काल रोक्न माग गर्दै ज्ञापनपत्र पठाएको हो ।


पाँच नम्बरलाई टुक्राउने पहल बन्द गर, रुकुम र सल्यानलाई समेत पाँच नम्बर प्रदेशमा कायम गर भन्दै सरोकार समितिले घोराही बजारमा ¥याली निकाल्दै जिल्ला प्रशासनमा पुगेर प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीको कार्यालयमा ज्ञापन पत्र पठाइएको हो । सरोकार समितिका संयोजक तथा दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष हेमराज बन्जाडे, नागरिक समाज दाङका संयोजक टीकाराम रेग्मी र नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सुदिप गौतमले प्रमुख जिल्ला अधिकारी दिपक काफ्ले मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएका हुन ।


ज्ञापन पत्रमा संबिधान संशोधनको नयाँ प्रस्ताबकोरुपमा ५ नम्बर प्रदेशलाई टुक्राउने गरि सिमा हेरफेर गर्न खोजिएको प्रति दाङबासीले आपत्ती प्रकट गर्दछौ भनिएको छ । संविधान कार्यान्वयनको चरणमा पुगेको अबस्थामा मिलेर बसेका जनताहरुलाई द्धन्द्धमा लैजाने र फुटाउन खोज्ने कार्य सरकारले गर्न लागेको सरोकार समितिले ठहर गरेको छ । ५ नम्बर प्रदेशबाट अलग गर्न खोजिएको बिरोधमा उत्रिएका रोल्पा, प्युठान, रुपन्देही, कपिलबस्तु लगाएका जिल्लाले थालेका आन्दोलन प्रति समर्थन जनाउदै सरोकार समितिले आफुहरुका मागमा सरकारले हचुवाकोभर देखाए दाङबासी शसक्त आन्दोलनमा उत्रने चेतावनी समेत ज्ञापनपत्रमा उल्लेख गरेको छ । 

साथै प्रदेश नम्बर पाँचको राजधानी दाङमा बनाउन सकिने आधारहरु धेरै रहेको भन्दै दाङलाई प्रादेशिक राजधानी तोक्न, विगतमा उठेका थारु लगाएतकाहरुको माग अधिकतम पुरा गर्न, रुकुम र सल्यानलाई समेत पाँच नम्बर प्रदेशमा समाबेश गर्न सरोकार समितिले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य