१३ पुष २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

अर्घाखाँची बन्दले जनजीवन प्रभावित

१५ मंसिर २०७३, बुधबार ०६:१८

मङ्सिर १५,अर्घाखाँची । सरकारले सीमाङ्कन हेरफेरसहित संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गरेको बिरोधमा अनिश्चितकालीन अर्घाखाँची बन्दको आह्वान गरिएको छ । 

पाँच नम्बर प्रदेशअन्तर्गतको पहाडी जिल्ला अर्घाखाँची टुक्र्याएर ४ नम्बर प्रदेशमा गाभेको भन्दै उद्योग वाणिज्य सङ्घको नेतृत्वमा आज जिल्लामा रहेका विभिन्न क्रियाशील सङ्घसंस्थाको आयोजनामा अर्घाखाँची बन्द गरिएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए । 

बन्दका कारण जिल्लाका सम्पूर्ण शैक्षिक संस्था, कलकारखाना, बजार र यातायातका सम्पूर्ण साधन बिहानैदेखि ठप्प रहेका छन् । बिहान क्याम्पस पढ्न गएका विद्यार्थी घर फर्किएको देखिन्थ्यो । 

जिल्लावासी सबैको चासो र आवश्यकताको विषय रहेकोले बन्दमा जिल्लामा रहेका सबै राजनीतिक दलको समेत समर्थन रहेको नेकपा (एमाले)का जिल्ला अध्यक्ष चेतनारायण आचार्यले बताए । 

उद्योगी, व्यवसायी तथा युवा विद्यार्थी बजार बन्द गराउन नहिँडे पनि स्वतस्फूर्तरुपमा बजार, गाडी तथा शैक्षिक संस्था बन्द रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाटै पेट्रोल र मट्टितेल आयात सुरु जानकी मन्दिरमा बेलायती राजदूत फेनले मनाए २२ औं वैवाहिक वर्षगाठ कारले ३५ जनाको हत्या गर्ने एक व्यक्तिलाई दियो मृत्युदण्ड अजरबैजान एयरलाइन्‍सको विमान दुर्घटना बाह्य प्राविधिक हस्तक्षेपका कारण भएको आरोप सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन कार्यकक्षमै एक प्रहरी जवानले आफैँमाथि चलाए गोली ! कक्षा ११ र १२ का विद्यार्थीको विवरण अद्यावधिक गराउन शिक्षा शाखालाई निर्देशन गुल्मीमा टिपर दुर्घटनामा हुँदा एक जनाको मृत्यु,एक घाइते कर्णाली नदीमा डोजर पल्टिँदा एक जना बेपत्ता सरकारी स्वामित्वमा रहेका संस्थालाई कर तिर्न महानगरले गर्यो पत्राचार जसपा नेपाल केन्द्रीय प्रचार विभागको बैठक आज बस्दै कालिकोटमा गयो भूकम्प, १३ दिनमा पश्चिम नेपालमा ७ वटा भूकम्पको पराकम्प लगातार बढ्दै डलरको विनिमय दर,यस्तो छ आजको विनिमयदर आजको मौसम: दिउँसो देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रास्वपा संसदीय दलको नेतामा को ? बालेन भन्छन् – तीनकुने सरकारले व्यक्तिको जग्गा लुटेर राखेको स्थान हो मोहन वैद्य अस्पताल भर्ना ट्रम्प ह्वाइट हाउसमा फर्कनुअघि अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई चाँडै फर्कन विश्वविद्यालयहरूको आग्रह राष्ट्र बैंकले गर्यो ३ वटा रेमिट्यान्स कम्पनीको इजाजत खारेज नेता भण्डारीको प्रश्न : सम्पति शुद्धीकरणको मुद्दा जहाँबाट पनि चलाउने हो भने अब बाँकी रहन्छ को?