मङ्सिर १५, काठमाडौँ । नेकपा एमाले निकट युवा सङ्घ नेपाल र अनेरास्ववियुले सरकारले संविधान संशोधन विधेयक दर्ता गराएको विरोधमा आज नयाँ बानेश्वरमा प्रदर्शन गरेका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मङ्सिर १५, काठमाडौँ । नेकपा एमाले निकट युवा सङ्घ नेपाल र अनेरास्ववियुले सरकारले संविधान संशोधन विधेयक दर्ता गराएको विरोधमा आज नयाँ बानेश्वरमा प्रदर्शन गरेका"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधान संशोधन विधेयकको विरोधमा काठमाडौँमा प्रदर्शन

१५ मंसिर २०७३, बुधबार १३:२३


मङ्सिर १५, काठमाडौँ । नेकपा एमाले निकट युवा सङ्घ नेपाल र अनेरास्ववियुले सरकारले संविधान संशोधन विधेयक दर्ता गराएको विरोधमा आज नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन् । 

उनीहरुले संविधान संशोधन अहिलेको आवश्यकता नरहेको र संशोधनले देश टुक्र्याउन खोजेको भन्दै प्रदर्शन गरेका हुन् । 

प्रदर्शनका क्रममा संशोधन विधेयक फिर्ताको माग गर्दै नाराबाजीसहित प्रस्तावित विधेयक जलाएका थिए । प्रदर्शनपछि आयोजित कोणसभामा युवा सङ्घका अध्यक्ष राजीव पहारीले सरकारले विदेशीको इसारामा संशोधन विधेयक दर्ता गराएको भन्दै फिर्ता गर्नुपर्ने माग गरे । 

उनले अहिले संविधान कार्यान्वयन गर्नुको सट्टा सरकारले संविधान संशोधन विधेयक दर्ता गराएर राष्ट्रघात गर्न थालेको बताए । 

तस्बिर: नागरिकन्युज 

अनेरास्ववियुका अध्यक्ष नवीना लामाले संविधान संशोधन विधेयकले देश टुक्र्याउन थालेको भन्दै विधेयकका विरुद्ध सबै राष्ट्रवादी एकजुट हुन आग्रह गरे । उनले सरकारले संशोधन विधेयक फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने  बताए । 

प्रदर्शनकारीले विरोधका क्रममा सरकारी बा१झ ८११३ नम्बरको गाडीको सिसा फुटाएका छन् । प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले प्रदर्शनकारीले टायर बालेर सडक अवरुद्ध गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ