२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सिन्धुलीमा घरेलु तथा लैङ्गिक हिंसा वृद्धि

२०७३, १७ मंसिर शुक्रबार ०३:३४

मङ्सिर १७, सिन्धुली । सिन्धुलीमा घरेलु हिंसा बढ्दो मात्रामा रहेको छ । अहिलेसम्म घरेलु हिंसा भएको भन्दै पीडितबाट २० वटा उजुरी परेको महिला तथा बालबालिका सेवा केन्द्रले जनाएको छ । 

अघिल्लो आर्थिक बर्षमा जम्मा ७९ वटा उजुरी परेकोमा यस आर्थिक बर्षको पहिलो चौमासिकमा २० वटा दर्ता भै सकेको महिला तथा वालवालिका सेवा केन्द्रले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुली अन्तरगतको महिला तथा वालवालिका सेवा केन्द्रले विभिन्न जनचेतनामूलक कार्यक्रम गरेको भएपनि ग्रामीण तथा शिक्षित परिवारबाटै घरेलु हिंसा बढ्दो मात्रामा रहेको छ । 

अहिलेसम्म झै–झगडा तथा कुटपिटमा १०, खाना लगाउन तथा घर खर्च नदिएकोमा ६, दुव्र्यवहारमा १, धाकधम्की र गालीगलौजमा ३ वटा उजुरी दर्ता भैसकेको सेवा केन्द्रले जनाएको छ । उजुरी परेका मध्ये झै–झगडा तथा कुटपिटमा ५ वटा उजुरी मिलापत्र भएको १ वटा अदालतमा गएको र ४ वटा उजुरीमा आवश्यक कारवाही गरिएको छ । 

यस्तै, खान लगाउन घर खर्च नदिएकोमा ६ वटा उजुरी परेको र ४ वटामा मिलापत्र र २ वटामा आवश्यक कारवाही भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक सुभाषचन्द्र वोहोराले जानकारी दिनुभयो । दुव्र्यवहारमा एउटा उजुरी परेको र आवश्यक कारवाही भैसकेको उहाँको भनाई छ । धाकधम्की दिएको भनी परेको उजुरीमा २ मिला पत्र भएको र १ आवश्यक कारवाही गरिएको उहाँको भनाई छ । 

जिल्लामा घरेलुहिंसा बढेको भन्दै जिल्ला प्रहरी कार्यालय र महिला तथा वालवालीका सेवा केन्द्रले जिल्लाका ग्रामिण क्षेत्रमा विभिन्न जनचेतनामूलक कार्यक्रम पनि गर्दै आएको छ । अघिल्लो बर्ष ७० वटा उजुरीमा मिलापत्र गराएको र २ वटा मुद्दा अदालतमा गएको प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । सो अवधिमा उजुरी दर्ता गराएर ७ जना भने सम्पर्कमा नआएको प्रहरीले बताएको छ । 

घरेलु हिंसा न्युनिकरण गर्न प्रहरीले स्थानीय सञ्चार माध्यमबाट सन्देशहरु प्रशारण गर्दै आएको जनाएको छ । यस्तै, समुदायस्तरमा लैंगिक हिंसा सम्बन्धि जनचेतनामूलक अन्तरक्रिया, वृत्तचित्र प्रदर्शन, गाविसस्तरिय चेतनामूलक सडक नाटक प्रदर्शन, वडास्तरिय महिला समुहसंग अन्तरक्रिया तथा विद्यार्थी सचेतना कार्यक्रम पनि भैरहेको प्रहरीको भनाई छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै