४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सिन्धुलीमा घरेलु तथा लैङ्गिक हिंसा वृद्धि

१७ मंसिर २०७३, शुक्रबार ०३:३४

मङ्सिर १७, सिन्धुली । सिन्धुलीमा घरेलु हिंसा बढ्दो मात्रामा रहेको छ । अहिलेसम्म घरेलु हिंसा भएको भन्दै पीडितबाट २० वटा उजुरी परेको महिला तथा बालबालिका सेवा केन्द्रले जनाएको छ । 

अघिल्लो आर्थिक बर्षमा जम्मा ७९ वटा उजुरी परेकोमा यस आर्थिक बर्षको पहिलो चौमासिकमा २० वटा दर्ता भै सकेको महिला तथा वालवालिका सेवा केन्द्रले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुली अन्तरगतको महिला तथा वालवालिका सेवा केन्द्रले विभिन्न जनचेतनामूलक कार्यक्रम गरेको भएपनि ग्रामीण तथा शिक्षित परिवारबाटै घरेलु हिंसा बढ्दो मात्रामा रहेको छ । 

अहिलेसम्म झै–झगडा तथा कुटपिटमा १०, खाना लगाउन तथा घर खर्च नदिएकोमा ६, दुव्र्यवहारमा १, धाकधम्की र गालीगलौजमा ३ वटा उजुरी दर्ता भैसकेको सेवा केन्द्रले जनाएको छ । उजुरी परेका मध्ये झै–झगडा तथा कुटपिटमा ५ वटा उजुरी मिलापत्र भएको १ वटा अदालतमा गएको र ४ वटा उजुरीमा आवश्यक कारवाही गरिएको छ । 

यस्तै, खान लगाउन घर खर्च नदिएकोमा ६ वटा उजुरी परेको र ४ वटामा मिलापत्र र २ वटामा आवश्यक कारवाही भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक सुभाषचन्द्र वोहोराले जानकारी दिनुभयो । दुव्र्यवहारमा एउटा उजुरी परेको र आवश्यक कारवाही भैसकेको उहाँको भनाई छ । धाकधम्की दिएको भनी परेको उजुरीमा २ मिला पत्र भएको र १ आवश्यक कारवाही गरिएको उहाँको भनाई छ । 

जिल्लामा घरेलुहिंसा बढेको भन्दै जिल्ला प्रहरी कार्यालय र महिला तथा वालवालीका सेवा केन्द्रले जिल्लाका ग्रामिण क्षेत्रमा विभिन्न जनचेतनामूलक कार्यक्रम पनि गर्दै आएको छ । अघिल्लो बर्ष ७० वटा उजुरीमा मिलापत्र गराएको र २ वटा मुद्दा अदालतमा गएको प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । सो अवधिमा उजुरी दर्ता गराएर ७ जना भने सम्पर्कमा नआएको प्रहरीले बताएको छ । 

घरेलु हिंसा न्युनिकरण गर्न प्रहरीले स्थानीय सञ्चार माध्यमबाट सन्देशहरु प्रशारण गर्दै आएको जनाएको छ । यस्तै, समुदायस्तरमा लैंगिक हिंसा सम्बन्धि जनचेतनामूलक अन्तरक्रिया, वृत्तचित्र प्रदर्शन, गाविसस्तरिय चेतनामूलक सडक नाटक प्रदर्शन, वडास्तरिय महिला समुहसंग अन्तरक्रिया तथा विद्यार्थी सचेतना कार्यक्रम पनि भैरहेको प्रहरीको भनाई छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’