खकेन्द्र केसी/मंसिर १९, सल्यान ।  नेकपा माओवादी सल्यानका सदस्य गणेशमान सिंहलाई प्रहरीले पक्राउ गरेको छ । 

गत मंसिर ११ मा भएको ढाकाडाम गाविसको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... खकेन्द्र केसी/मंसिर १९, सल्यान ।  नेकपा माओवादी सल्यानका सदस्य गणेशमान सिंहलाई प्रहरीले पक्राउ गरेको छ । 

गत मंसिर ११ मा भएको ढाकाडाम गाविसको"/>

१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

विप्लव माओवादीका जिल्ला सदस्य गणेशमान प्रहरी हिरासतमा

१९ मंसिर २०७३, आईतवार ०३:२३

खकेन्द्र केसी/मंसिर १९, सल्यान ।  नेकपा माओवादी सल्यानका सदस्य गणेशमान सिंहलाई प्रहरीले पक्राउ गरेको छ । 

गत मंसिर ११ मा भएको ढाकाडाम गाविसको परिषदमा जनताका मागहरू सम्बोधन नगरी एक्लौटी गरेको भन्दै पुन संशोधनको माग राखेको विषयलाई लिएर हिजो भएको छलफल निश्कर्ष विहिन भएपछि गाउमा राति सुतिरहेको बेला प्रहरीले पक्रेको माओवादी सल्यानले जनाएको छ । 

अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य समेत रहेका गणेशमानले स्थानियबासिको आग्रहमा आफु छलफलमा गएको भन्दै राति सुतिरहेको बेला आफुलाई गिरफ्तार गरिएको बताएका छन । स्थानिय जनताका मागहरु पुरा गराउनलाई आफुले जनताको माग सहित छलफल राख्न अनुरोध गरेको तर कांग्रेसले नांगो हस्तक्षेप गरेको माओवादीको आरोप छ । ढाकाडामको माओवादीका विरुद्ध अन्य स्थानबाट गएको काग्रेशको दादागिरीका कारण सहमति हुन नसकेको माओवादीले आरोप लगाएको छ ।

गाविस सचिव मोहन डिसीले नेपाली कांग्रेसको आडमा रहनेगरि पार्टीका पुर्व जिल्ला सचिव एकराज डिसीलाई लिएर गएको र उनिहरुकै कारण परिषद् संशोधन हुन नसकेको माओवादी सल्यानका सेक्रेटरी विश्वको आरोप छ । स्थानिय निकाय हेर्ने जिल्ला विकास समिति पनि काग्रेशको इशारामा चलेको भन्दै ढाकाडामबासीका मागलाई सम्बोधन गर्ने भन्दा काग्रेशका माग सम्बोधन गर्ने सचिवलाई नछाडिने बताएका छन ।

उता जिल्ला विकास समिति सल्यानका सूचना अधिकृत पूर्ण बहादुर वलीले सहमति गरेर परिषदको संशोधन गर्ने गरि बैठक बसेतापनि  सहमति नभएका कारण अर्को दिन बैठक बस्ने गरि स्थगित गरौं भन्दा माओवादीका साथीहरुले त्यसोभए माइन्यूट हामीलाई दिनुस भनेकाले प्रहरीसंग भएको माइन्यूट साथीहरुलाई बुझाइएको बताएका छन । आफुहरु कसैको इशारामा नचलेको बताउदै सहमतिमा नै काम गर्ने कार्यालय लागिपरेको बताएका छन । 

गाविसका जनतालाई बेखबर बनाई केहि राजनीतिक दल र गाविस सचिवको मिलेमतोमा मनपरी बजेट विनियोजन गरिएको भन्दै स्थानियले गत मंसिर १३ मा अनिश्चीतकालका लागि तालाबन्दी  गरेका थिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल