मङ्सिर २०, अर्घाखाँची | अर्घाखाँची लगायत पहाडी जिल्लालाई पाँच नम्वर प्रदेशवाट हटाउने प्रस्ताव संसदमा दर्ता भएको  विरुद्धमा ६ दिन देखि आन्दोलन जारी रहेको अर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर २०, अर्घाखाँची | अर्घाखाँची लगायत पहाडी जिल्लालाई पाँच नम्वर प्रदेशवाट हटाउने प्रस्ताव संसदमा दर्ता भएको  विरुद्धमा ६ दिन देखि आन्दोलन जारी रहेको अर्"/>
२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

अर्घाखाँचीमा उर्लीयो जनसागर सबै दलहरु एकै ठाउँमा

२०७३, २० मंसिर सोमबार १४:३९

मङ्सिर २०, अर्घाखाँची | अर्घाखाँची लगायत पहाडी जिल्लालाई पाँच नम्वर प्रदेशवाट हटाउने प्रस्ताव संसदमा दर्ता भएको  विरुद्धमा ६ दिन देखि आन्दोलन जारी रहेको अर्घाखाँचीमा आज विशाल जन प्रदर्शन गरिएको छ । 

पाँच नम्बरलाई टुक्राउने गरि संविधान संशोधन विधेयक दर्ता गरेको बिरोधमा बुधबार देखि सुरु गरिएको आन्दोलनका कार्यक्रम अन्तर्गत आज बिशाल जन प्रदर्शन र विशाल सभा गरिएको हो । जन प्रदर्शन सन्धिखर्कको टुडीखेलबाट सुरु भई शान्ती बगैचा, मेन रोड, हललाईन, बसपार्क, चुत्राबेसी, भक्तिटोला, गुन्टीखोला हुदै पुन टुडीखेलमा गएर बिशाल शभामा परिणत भएको छ । सभालाई सम्वोधन गर्दै संसद तथा एमाले नेता दुमनसिंह थापाले संविधान संशोधन माग मधेसी जनताको नभई भारतको ईशारामा शंसोधन भएको बताए । थापाले बुद्ध भारतमा जन्मेको हो भनी दावी गरेको समयमा अन्तराष्ट्रिय देशहरुले बुद्ध नेपालमा नै जन्मेको हो भनी नपत्याएको खण्डमा तराई प्रदेश केही समयमा सवै भारतले लैजाने रणनिती गरी संविधान शंसोधन गरिएतापनी संशोधन गरिएको प्रस्ताव फेल हुने दावी गर्नुभयो ।


g]पाली कांग्रेसका जिल्ला सभापती विष्णु प्रसाद खनाल मूस्कानले सबै नेता तथा कार्यक्रताहरु एकजुट भएर पहाड र तराई एक ठाउ बनाउन लाग्नु पर्ने बताए । उनले दलिय अडान भन्दा माथी उठेर देस र जनताको लागि काम गर्नु पर्ने बताए ।माओवादी केन्द्रका पोलिटव्युरो सदस्य चन्द्रबहादुर खड्काले पाटी भन्दा ठुलो देस र जनता भएकोले जनताको भावनालाई लिएर सम्सोधन प्रस्तावको विरुद्धमा लागेको बताए । उनले सबै एक जुट भएमा अखण्ड पाँच नम्बर प्रदेश बनाउन सकिने बताए एमाले कन्द्रिय सदस्य नजिर मिया, कांग्रेसका नेता कमल प्रसाद भुसाल, राष्ट्रिय जनमोर्चाका शेर बहादुर बिसी, नँया शक्तिका जिल्ला संयोजक खिम बहादुर बिक, राप्रपाका अम्मर थापा, परिवार दलका   भुसाल, पत्रकार महासंघका जिल्ला अध्यक्ष  सोभाखर पन्थी, उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, अन्तर पाटी महिला सञ्जालकी जिल्ला अध्यक्ष शुसिला गैरे लगायतले सम्बोधन गर्नु भएको थियो ।

बन्दका कारण जिल्लाका सम्पुर्ण शैक्षिक सस्था ,कलकरखाना, बजार र यातायातका सम्पुर्ण साधन मंगलबारदेखि ठप्प रहेका छन् । विद्यालयको रोकिएको अर्ध बाषिृक परीक्षालाई भोलि मंगलबार देखि सुचारु गर्न दिईने संघर्ष समितिका संयोजक बिष्णु खनाल मुस्कानले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी