सन्तोषकुमार गुप्ता ।दाङ २१ म्ंसिर । देउखुरीको सिसहनियाँ स्थीत राप्ती नदीमा बन्न लागेको पुल शिलन्यास गर्न प्रधानमन्त्री पुष्पकमल दाह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता ।दाङ २१ म्ंसिर । देउखुरीको सिसहनियाँ स्थीत राप्ती नदीमा बन्न लागेको पुल शिलन्यास गर्न प्रधानमन्त्री पुष्पकमल दाह"/>
२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

बुधबार दाङको सिसहनियाँमा प्रधानमन्त्री प्रचण्ड आउने, जिल्लाको सुरक्षा व्यवस्था कडा

२१ मंसिर २०७३, मंगलवार १४:२१

सन्तोषकुमार गुप्ता ।दाङ २१ म्ंसिर । देउखुरीको सिसहनियाँ स्थीत राप्ती नदीमा बन्न लागेको पुल शिलन्यास गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोली बुधबार सिसहनियाँमा आउने भए पछि सुरक्षा व्यवस्थापन देखि स्वागत गेट निमार्ण र प्रचारप्रसारको तयारी पुरा भएको आयोजकले जनाएको छ । 

सिसहनियाँ बजार देखि गोवरडिहा जोड्ने राप्ती नदीमा बन्न लागेको पुल शिलन्यास गर्न प्रधानमन्त्री प्रचण्डको स्वागतका लागि मंगलबार गाउँ—गाउँमा माइकिङ गर्नुका साथै बाटो सफा गर्ने ग्रावेल गर्ने कार्य देखि लिएर स्वागत गेट समेत निमार्ण गरिसकेको पुल निमार्ण उपभोक्ता समितिका अध्यक्ष नन्दकुमार चौधरीले जानकारी दिए । बुधबार बिहान ९ बजे पुलको शिलन्यास गर्ने त्यस पछि आफना कार्यकर्तालाई प्रशिक्षण दिने र सिसहनियाँ उद्योग वाणिज्य संघको कार्यालय भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको नेकपा माओवादीका शान्तराज शर्माले जानकारी दिए । 

यता प्रधानमन्त्री दाङ आउने भए पछि प्रमुख प्रतिपक्षदल नेकपा एमाले सहितका राजनितिकदलहरुले अह्रवान गरेको बुधबार एक दिने दाङ बन्दलाई लक्षित गरी जिल्लाको सुरक्षा व्यवस्था कडा बनाएको छ । बन्दका क्रममा हुन सक्ने झडप तथा तोडफोडलाई मध्यनजर गरी मंगलबार साँझा देखि नै जिल्लाको सुरक्षा व्यवस्था कडा बनाईएको जिल्ला प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिए । जिल्लामा कुनै अप्रिय घटना हुन नदिन जिल्लामा सुरक्षाका सम्पूर्ण अंङ्ग व्यापक परिचालन गरिएको एसपी सिंहले देउखुरी टुडे फेसबुक न्युज सेवालाई जानकारी दिए । हाईवेमा रोकिने सबै गाडीहरुलाई स्कटिङ गरिने सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली