सन्तोषकुमार गुप्ता ।दाङ २१ म्ंसिर । देउखुरीको सिसहनियाँ स्थीत राप्ती नदीमा बन्न लागेको पुल शिलन्यास गर्न प्रधानमन्त्री पुष्पकमल दाह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता ।दाङ २१ म्ंसिर । देउखुरीको सिसहनियाँ स्थीत राप्ती नदीमा बन्न लागेको पुल शिलन्यास गर्न प्रधानमन्त्री पुष्पकमल दाह"/>
२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

बुधबार दाङको सिसहनियाँमा प्रधानमन्त्री प्रचण्ड आउने, जिल्लाको सुरक्षा व्यवस्था कडा

२०७३, २१ मंसिर मंगलवार १४:२१

सन्तोषकुमार गुप्ता ।दाङ २१ म्ंसिर । देउखुरीको सिसहनियाँ स्थीत राप्ती नदीमा बन्न लागेको पुल शिलन्यास गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोली बुधबार सिसहनियाँमा आउने भए पछि सुरक्षा व्यवस्थापन देखि स्वागत गेट निमार्ण र प्रचारप्रसारको तयारी पुरा भएको आयोजकले जनाएको छ । 

सिसहनियाँ बजार देखि गोवरडिहा जोड्ने राप्ती नदीमा बन्न लागेको पुल शिलन्यास गर्न प्रधानमन्त्री प्रचण्डको स्वागतका लागि मंगलबार गाउँ—गाउँमा माइकिङ गर्नुका साथै बाटो सफा गर्ने ग्रावेल गर्ने कार्य देखि लिएर स्वागत गेट समेत निमार्ण गरिसकेको पुल निमार्ण उपभोक्ता समितिका अध्यक्ष नन्दकुमार चौधरीले जानकारी दिए । बुधबार बिहान ९ बजे पुलको शिलन्यास गर्ने त्यस पछि आफना कार्यकर्तालाई प्रशिक्षण दिने र सिसहनियाँ उद्योग वाणिज्य संघको कार्यालय भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको नेकपा माओवादीका शान्तराज शर्माले जानकारी दिए । 

यता प्रधानमन्त्री दाङ आउने भए पछि प्रमुख प्रतिपक्षदल नेकपा एमाले सहितका राजनितिकदलहरुले अह्रवान गरेको बुधबार एक दिने दाङ बन्दलाई लक्षित गरी जिल्लाको सुरक्षा व्यवस्था कडा बनाएको छ । बन्दका क्रममा हुन सक्ने झडप तथा तोडफोडलाई मध्यनजर गरी मंगलबार साँझा देखि नै जिल्लाको सुरक्षा व्यवस्था कडा बनाईएको जिल्ला प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिए । जिल्लामा कुनै अप्रिय घटना हुन नदिन जिल्लामा सुरक्षाका सम्पूर्ण अंङ्ग व्यापक परिचालन गरिएको एसपी सिंहले देउखुरी टुडे फेसबुक न्युज सेवालाई जानकारी दिए । हाईवेमा रोकिने सबै गाडीहरुलाई स्कटिङ गरिने सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै