२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय गौरवको आयोजना अनुगमन गर्न प्रधानमन्त्रि प्रचण्ड दार्चुला आउँदै

२२ मंसिर २०७३, बुधबार ०६:१५

मङ्सिर २२, दार्चुला | प्रधानमन्त्रि पुष्पकमल दाहाल (प्रचण्ड) विहिबार दार्चुला आउने भएका छन् । नेकपा माओबादी केन्द्र दार्चुलाका अनुसार राष्ट्रकै गौरबको आयोजनाका रुपमा रहेको निर्माणधिन चमेलिय जलविद्युत आयोजनाको निरिक्षणका लागी प्रचण्ड दार्चुृला आउन लागेका हुन् ।

निर्माण कार्यमा भैरहेको ढिला सुस्तीका बारेमा अनुगमन तथा अहिले सम्मको प्रगतिबारे थाहा पाउन प्रधानमन्त्रि आउन लागेका हुन । दार्चुला र बैतडीको सिमा शिखर गविसमा सन २००६ जनवरी देखी निर्माण कार्य सुरु भएको उक्त आयोजना सन २०११ मे मा सम्पन्न हुनुपर्ने थियो तर विभिन्न कारण देखाउदै अहिलेसम्म आयोजना अधुरै रहेको छ । 

प्रमुख जिल्ला अधिकरीको टोली आयोजना स्थलमा

प्रधानमन्त्रि आउने भएपछि सुरक्षालाई दृष्टीगत गर्दै प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायको टोली आयोजनास्थल बलाँच तर्फ लागेको छ । बुधबार विहान साढे आठ बजे प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, दार्चुलाका प्रहरी प्रमुख डियस्पी केदार खनाल लगायतको टोली त्यस तर्फ गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ ।

प्रधानमन्त्रीसंगको भेटमा जिल्लाको बस्तुस्थितिबारे जानकारी गराउने लगायतको तयारीका साथ प्रमुख जिल्ला अधिकारीको टोली बलाँच गरको छ ।  विहिबार धनगढीमा हुन लागेको धनगढी महोत्सवको उद्घाटन गरि चमेलिया जलविद्युत आयोजनाको निरिक्षणका लागि प्रधानमन्त्री प्रचण्ड दार्चुला आउने कार्यक्रम रहेको नेकपा माओबादी केन्द्र दार्चुलाका अध्यक्ष मान बहादुर धामीले सन्तोषले जानकारी दिनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला