मङ्सिर २२, दाङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन प्रस्ताव कुनै हालतमा फिर्ता नहुने बताउनुभएको छ । 

दाङको राप्ती नदीमा सिस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर २२, दाङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन प्रस्ताव कुनै हालतमा फिर्ता नहुने बताउनुभएको छ । 

दाङको राप्ती नदीमा सिस"/>

२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधान संशोधन प्रस्ताव ‘म प्रधानमन्त्री हुँदासम्म फिर्ता हुँदैन’: दाहाल

२०७३, २२ मंसिर बुधबार ०९:३१

मङ्सिर २२, दाङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन प्रस्ताव कुनै हालतमा फिर्ता नहुने बताउनुभएको छ । 

दाङको राप्ती नदीमा सिसहनिया महदेवा जोड्ने पुलको शिलान्यास समारोहलाई आज देउखुरीमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफू प्रधानमन्त्री रहँदासम्म यो संशोधन प्रस्ताव कुनै हालतमा फिर्ता नहुने र संसदीय प्रक्रियाभित्रै रहेर परिमार्जन हुनसक्ने बताउनुभयो । 

एमालेले तयार पारेको संशोधन प्रस्तावमा आफूले थोरै थपघट गरेर संशोधन प्रस्ताव ल्याएको भन्दै उहाँले एमालेले प्रस्तावको गलत प्रचार गरेको बताउनुभयो । उहाँले संविधान संशोधनको विरोधमा आन्दोलनरत दललाई आन्दोलन छाडेर सहमतिमा आउन अपिलसमेत गर्नुभयो । 

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो –“अहिले आन्दोलनरत एमालेले पनि गल्ती महसुस गर्नेछ, सरकारले हिमाल पहाड–तराई जोडेर एकताबद्ध गर्न खोजेको रहेछ, राष्ट्रिय एकता मजबुत गराउन खोजेको रहेछ, तर हामीले त बिखण्डन पो गर्न खोजेका रहेछौंँ भनेर एमालेले केही समयपछि गल्ती महसुस गर्नेछ ।” उहाँले दाङको विकासमा आफू कटिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

माओवादीले दाङलाई केन्द्रमा राखेर विगतका दिनदेखि नै आफ्ना गतिविधि बढाएको स्मरण गराउँदै प्रधानमन्त्री प्रचण्डले दाङको विकासका लागि लमही–कोइलावास सडकको स्तरोन्नति आवश्यक रहेको बताउनुभयो । 

भारत भ्रमणको बेला आफूले नेपालको हुलाकी मार्ग निर्माणका लागि सहयोग सम्झौता गरेको भन्दै उहाँले आफ्नै शासनकालमा लमही–कोइलाबास सडकको स्तरोन्नति हुने विश्वास दिलाउनुभयो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी