देउखुरीको सिसहनियाँ—गाबरडिहा जोड्न पक्की पुलको शिल्यन्यास 

सन्तोषकुमार गुप्ता । दाङ २० मंसिर । <"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... देउखुरीको सिसहनियाँ—गाबरडिहा जोड्न पक्की पुलको शिल्यन्यास 

सन्तोषकुमार गुप्ता । दाङ २० मंसिर । <"/>

५ कार्तिक २०८१, सोमबार
दाङ्ग - DNG

संविधान संशोधनको बिधेयक फिर्ता हुँदैन, परिमार्जन गर्न सकिन्छ – प्रधामन्त्री प्रचण्ड

२२ मंसिर २०७३, बुधबार ११:५४

देउखुरीको सिसहनियाँ—गाबरडिहा जोड्न पक्की पुलको शिल्यन्यास 

सन्तोषकुमार गुप्ता । दाङ २२ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संबिधान संशोधनको प्रस्ताब कुनै पनि हालतमा फिर्ता नहुने तर सहमतिमा आए परिमार्जन गर्न सकिने बताएका छन् । दाङको देउखुरी स्थित सिसहनियाँ महदेवा जोड्ने राप्ती नदीमा निर्माण हुन लागेको पुलको बुधवार गोबरडिहा—६ चिकोटीमा पुलको शिलन्यास पछि आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संबिधान संशोधन प्रस्ताब संसदीय प्रकृयाबाट परिमार्जन गर्न सकिने भए पनि फिर्ता भने नहुने बताएका छन् ।

दाङलाई प्रादेशिक राजधानी बनाउने आधार प्रशस्त रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले अहिले कै पाँच नम्बर प्रदेश हँुदा पनि दाङ नै राजधानीको लागि उत्तम रहेको र सम्भावना समेत रहेको बताए । संविधान संशोधनले दाङलाई केन्द्र मै राखिएकाले आन्दोलन छोडि सहमतिका लागि बार्तामा आउन सबैलाई प्रधानमन्त्री प्रचण्डले आग्रह समेत गरे । उनले दाङ मै उच्च अदालतको स्थापना हुनु पनि दाङको सम्भावना उच्च स्थानमा रहेको बुझ्नु पर्नेमा जोड दिए । संविधान कार्यान्वयन र राष्ट्रिय एकतालाई भाड्न खोजिएको भन्दै प्रधानमन्त्री प्रचण्डले सहमतिको माध्यमबाट अघि बढ्ने गरी तयार हुन सबैलाई अपिल गरे ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले जनता अब शान्ति र बिकासको पक्षमा रहेको भन्दै उनले सबै दल र निकायहरु जिम्मेवार बन्नु पर्ने अबस्था आएको बताए । अब आर्थिक बिकासबाट मात्रै देशको संबृद्धी हुने भएकाले सरकार पनि आर्थिक विकासको पक्षमा रहेको धारणा राखे । उनले सदियौ देखि सिसहनियाँ र गोवरडिहाको सम्बन्ध कायम रहे पनि राप्ती नदीमा पक्की पुल नहुदा दुई गाविसका स्थानीयहरुलाई आवत जावत सँगै विभिन्न सेवा सुविधाबाट समेत बञ्चित रहेकोमा अब मेरो सम्पुर्ण ध्यान पुल निमार्ण र राप्ती नदीको दुवै किनारामा तटबन्ध कार्यलाई निरन्तरता दिने बताए । दाङको प्रमुख नाकाको रुपमा रहेको लमही कोइलावासको सडक स्तर उन्नती गर्न पनि अबको सरकारको सम्पूर्ण ध्यान जान्छ उनले भने । उनले पुल निर्माण कार्यमा कुनै ढिला नगर्न सम्बन्धित कम्पनी र जिल्लाका प्रमुखहरुलाई निर्देशन समेत दिए । पुल निर्माण कार्यमा छिटोछरितो र गुणस्तरिय गर्ने नाममा जनताका गुनासो नआयोस् प्रचण्डले भने । 

कार्यक्रममा सिचाई मन्त्री दिपक गिरीले दाङ देउखुरी कृषिमा अगाडी रहेकाले अब सिँचाई क्षेत्रबाट बञ्चित रहेका क्षेत्रमा सिचाई सुविधा पु¥याउने गरी पहल गरिरहेको बताए । उनेले जिल्लाका सबै ठाउँमा सिँचाईको सुविधा पु¥याएर हरियो दाङ बनाउने लक्ष्य रहेको बताए । त्यसका लागि जिल्लामा बृहत्तर सिँचाई योजना सञ्चालन गर्ने समेत बताए । क्षेत्रीय प्रशासक कृष्णप्रसाद देवकोटाको अध्यक्षतामा भएको कार्यक्रमलाई पुर्व समान्य प्रशासन मन्त्री तथा सांसद रेखा शर्मा, सांसदहरु डल्लीबहादुर चौधरी, योगेन्द्र चौधरी, गंगा थारुले राप्ती नदी बरदान र अभिसाप भएकोले यसको उचित व्यवस्थापन गर्नु पर्नेमा जोड दिए । उनीहरुले दाङले विकास खोजेको बताए । दाङमा मुक्त कमैयाको समस्या देखि हुलाकी राजमार्गको ट्याक खोल्नु पर्नेमा समेत जोड दिए । पुलको बारेमा पुल महाशाखाका प्रमुख सरोजकुमार प्रधानले जानकारी गराएका थिए । पुल निमार्ण सहयोग समितिका अध्यक्ष नन्दकुमार चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सविना रानाले गरेकी थिइन् ।

देउखुरीको राप्ती नदीमा दुई वटा पुल बन्ने

दे उखुर ीको  र ाप्ती नदीमा दुईवटा पक्की पुल निर्माण हुने  भएका छन्  । सिसहनिया दे खि महदे वा जो ड्ने ८ सय ६० मिटर  लम्बाई र १०.५ मिटर चौडाई सहित नेपालको दोस्रो ठुलो पुल रहेको छ भने  सतबरि याको  जहर े  दे खि र ाजपुर  जो ड्ने  २ सय ८० मिटर  लामो दुई वटा पक्की पुल निर्माण हुन थाले को हो  । दुईवटा पुलको  लागि एक अर्ब ९२ कर ो ड बजे ट विनियो जन गरि एको  छ । पुलको  निर्माण अनक÷लुम्बिनी÷वाई.पी. जे भी काठमाण्डौले  गर्न थाले को  हो  । सिसहनियाँ दे खि महदे वा जो ड्ने  पुलको  निर्माण कार्य ४ वर्ष अर्थात २०७७ असार  २८ गते  भित्र सक्ने  लक्ष्य र ाखिएको  इञ्जिनियर  नवीन महर्जनले  जानकार ी दिए । पुलको ठेक्का सम्झौता भने २०७३ असार २८ गते भएको थियो ।

प्रधानमन्त्री गाउँमै आए पछि स्थानीयहरु हर्षित ठाउँ ठाउँमा स्वागत

सिसहनियाँ गाविस निवासी जगत चौ धर ी गाउँमा प्रधानमन्त्री आए पछि खुसी मात्र भएनन् प्रधानमन्त्रीलाई फुलमालाले स्वागत समेत गरे प्रधानमन्त्रीको  स् वागतका लागि स् वागत गे टमा थारु पोशाखका सजिएका महिलाहरुले फुलमालाले स्वागत गरेका थिए । ‘हाम्रो  गाउँमा प्रधानमन्त्री आएका छन् उनको  स् वागतका लागि गाउँ पनि सफा गरि एको  थियो अनि स् वागत गे ट पनि बनाएका थियौ– चौ धर ीले  भन्नुभयो – ‘हाम्रो  गाउ हुदै  महदे वा जाने  पुल पनि बन्न थाले को  छ, अब गाउमा विकासको  लहर  आउछ कि भन्ने  लागे को  छ  ।

सिसहनिया हुदै  गो बर डिहा गाविसको  महदे वा जो ड्ने र ाप्ती नदीमा बन्न थाले को  पुलको  शिलान्यासका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आए पछि सिसहनिया, गो वर डिहा गाविस सहित आसपासका अन्य गाविसका सर्वसाधार ण नागरि क उत्साहित भएका थिए । सिसहनिया बजार  दे खि पुल शिलान्यास स् थलसम्म झण्डै  एक दर्जन बढी स् वागत गे ट बनाइएको थियो ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लमही अथवा भालुवाङबाट सिसहनियाँ आउने भनिए पनि बन्दका कारण हे लिको प्टरबाट सिधै  प्रधानमन्त्री प्रचण्ड शिलान्यास स् थलमै  अवतर ण गरेका थिए । प्रधानमन्त्री अवतरण सँगै सिसहनियाँ बजार देखि कार्यक्रम स्थल सम्म नेपाली सेना, ससत्र प्रहरी र जनपथ प्रहरी परिचालन गरिएको थियो । कडा सुरक्षाका साथ कार्यक्रम भएको थियो । कार्यक्रम पछि प्रचण्ड आफना कार्यकर्ता सँग भेट गरि फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्कटल्यान्डका मक्मलेन सुदूरपश्चिम रोयल्समा आबद्ध ओलीलाई माधव नेपालको चेतावनी: खबरदार ! हाम्रो पार्टीलाई टुक्राउने दुस्साहसको परिणाम राम्रो हुँदैन जम्मु कश्मीरमा आतंकवादी हमला, एक डाक्टरसहित सात मजदुरको मृत्यु रास्वपाको आन्दोलनमा समर्थन जनाउन पोखरा नजाने दुर्गा प्रसाईंको घोषणा, अरुलाई पनि नजान आग्रह मैले नेकपा एस छाडिसकेँ, एमालेमा किमार्थ जान्नँ: प्रेम आले दीपक मनाङेले अस्वीकार गरेको वन मन्त्रालय कांग्रेसका पौडेलको पोल्टामा मेलामा केटी साथी भेट्न नदिएको निहुँमा विवाद, आफ्नै पाँच साथीले गरे कृष्णकुमारको हत्या पार्टीको परीक्षण सामाजिक सञ्जालले होइन, निर्वाचनले गर्छ: शंकर पोखरेल १२ गाउँ’ को सिक्वेल बन्दै, ‘बलिदान’पछि निर्माण सुरु गरिने आज पनि ६ सय रुपैयाँले महँगियो सुन, चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम ! नेपालद्वारा अमेरिकाविरुद्धको टी–२० सिरिज क्लिनस्वीप नेदरल्यान्ड्सका बास डि लिडेले पोखरा एभेन्जर्सबाट खेल्ने साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र माल्दिभ्स आज खेल्दै अमेरिकाविरुद्ध ओपनर आशिफ शेखले बनाए अर्धशतक दुई संसदीय समितिको बैठक आज बस्दै न्युजिल्यान्डले पहिलो पटक उचाल्यो टी–२० महिला विश्वकपको उपाधि आजको मौसम: केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना अमेरिकाले नेपाललाई दियो १५७ रनको लक्ष्य केन्द्रीय मूख्यालय च्यासलमा एमालेको सचिवालय बैठक सुरु रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति