सन्तोषकुमार गुप्ता । दाङ २२ मंसिर । राष्ट्रिय जनमार्चाकी केन्द्रिय उपाध्यक्ष एवम् प्रबक्ता दुर्गा पौडेलले प्रचण्ड सरकारले जर्वजस्ती ल्याएको राष्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । दाङ २२ मंसिर । राष्ट्रिय जनमार्चाकी केन्द्रिय उपाध्यक्ष एवम् प्रबक्ता दुर्गा पौडेलले प्रचण्ड सरकारले जर्वजस्ती ल्याएको राष्"/>
२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

कुनै पनि हालतमा संविधान संसोधन बिधेयक पारित हुदैन – उपाध्यक्ष पौडेल

२०७३, २२ मंसिर बुधबार १६:३१

सन्तोषकुमार गुप्ता । दाङ २२ मंसिर । राष्ट्रिय जनमार्चाकी केन्द्रिय उपाध्यक्ष एवम् प्रबक्ता दुर्गा पौडेलले प्रचण्ड सरकारले जर्वजस्ती ल्याएको राष्ट्रघाती संविधान संसोधन बिधेयक संसदमा कुनै पनि हालतमा पारित नहुने बताएकी छिन् ।

प्रगतिशिल पत्रकार संघ दाङले बुधबार भालुवाङमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेतृ पौडेलले प्रमुख प्रतिपक्ष दल नेकपा एमाले, राप्रपा नेपाल, राजमो, माले लगायतका दलहरु संसोधनको बिरुध उभिएको अवस्थामा दुई तिहाई मत नपुग्ने भएकोले संविधान संसोधन बिधेयक कुनै पनि हालतमा पारित नहुने ठोकुवा गरिन् ।  आफ्नो सरकार टिकाउन प्रचण्ड सरकारले ल्याएको संविधान संसोधन बिधेयक पारित नहुने बरु सरकार नै संकटमा पर्ने चेतावनी समेत दिईन् ।

सांसद पौडेलले विश्वमा सरकारले ल्याएको विधेयक वा प्रस्ताव संसदमा दुई तिहाईले पारित नभए नैतिकताका अधारमा प्रधानमन्त्रीले राजिनामा दिनु पर्ने प्रचलन रहेकोले वर्तमान सरकारको आयु केही दिन मात्र बाँकी रहेको बताईन् । उनले नेपाली जनताको इच्छा ल्याएकोे संविधान संसोधन सक्छ भने संसदमा पारित गरेर देखाउन चेतावनी समेत दिईन् । सयौँ बर्षको लामो संघर्ष पछि नेपालको ईतिहासमा संविधानसभाको चुनावबाट जननिर्वाचित प्रतिनिधिले बनाएको संविधान कार्यान्वयन गर्नुको साटो ५ प्रतिशत गैर मधेसीहरुको माग सम्बोधन गर्ने नाममा संविधान संसोधन विधेयक पारित गराउन खोज्नु नेपाली जनताका अगाडि धावा बोल्नु सरह भएकोले अब जनता चुप लागेर नबस्ने बताईन् । 

प्रगतिशिल पत्रकार संघ दाङका जिल्ला कार्य समिती सदस्य बिदुर एमसीको अध्यक्षतामा भएको पत्रकार सम्मलेनमा जिल्लाका एक दर्जन बढी पत्रकार र एक सय बढी राजमोका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन संघका जिल्ला सह—सचिव सन्तोषकुमार गुप्ताले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै