सन्तोषकुमार गुप्ता । दाङ २२ मंसिर । राष्ट्रिय जनमार्चाकी केन्द्रिय उपाध्यक्ष एवम् प्रबक्ता दुर्गा पौडेलले प्रचण्ड सरकारले जर्वजस्ती ल्याएको राष्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । दाङ २२ मंसिर । राष्ट्रिय जनमार्चाकी केन्द्रिय उपाध्यक्ष एवम् प्रबक्ता दुर्गा पौडेलले प्रचण्ड सरकारले जर्वजस्ती ल्याएको राष्"/>
२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

कुनै पनि हालतमा संविधान संसोधन बिधेयक पारित हुदैन – उपाध्यक्ष पौडेल

२२ मंसिर २०७३, बुधबार १६:३१

सन्तोषकुमार गुप्ता । दाङ २२ मंसिर । राष्ट्रिय जनमार्चाकी केन्द्रिय उपाध्यक्ष एवम् प्रबक्ता दुर्गा पौडेलले प्रचण्ड सरकारले जर्वजस्ती ल्याएको राष्ट्रघाती संविधान संसोधन बिधेयक संसदमा कुनै पनि हालतमा पारित नहुने बताएकी छिन् ।

प्रगतिशिल पत्रकार संघ दाङले बुधबार भालुवाङमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेतृ पौडेलले प्रमुख प्रतिपक्ष दल नेकपा एमाले, राप्रपा नेपाल, राजमो, माले लगायतका दलहरु संसोधनको बिरुध उभिएको अवस्थामा दुई तिहाई मत नपुग्ने भएकोले संविधान संसोधन बिधेयक कुनै पनि हालतमा पारित नहुने ठोकुवा गरिन् ।  आफ्नो सरकार टिकाउन प्रचण्ड सरकारले ल्याएको संविधान संसोधन बिधेयक पारित नहुने बरु सरकार नै संकटमा पर्ने चेतावनी समेत दिईन् ।

सांसद पौडेलले विश्वमा सरकारले ल्याएको विधेयक वा प्रस्ताव संसदमा दुई तिहाईले पारित नभए नैतिकताका अधारमा प्रधानमन्त्रीले राजिनामा दिनु पर्ने प्रचलन रहेकोले वर्तमान सरकारको आयु केही दिन मात्र बाँकी रहेको बताईन् । उनले नेपाली जनताको इच्छा ल्याएकोे संविधान संसोधन सक्छ भने संसदमा पारित गरेर देखाउन चेतावनी समेत दिईन् । सयौँ बर्षको लामो संघर्ष पछि नेपालको ईतिहासमा संविधानसभाको चुनावबाट जननिर्वाचित प्रतिनिधिले बनाएको संविधान कार्यान्वयन गर्नुको साटो ५ प्रतिशत गैर मधेसीहरुको माग सम्बोधन गर्ने नाममा संविधान संसोधन विधेयक पारित गराउन खोज्नु नेपाली जनताका अगाडि धावा बोल्नु सरह भएकोले अब जनता चुप लागेर नबस्ने बताईन् । 

प्रगतिशिल पत्रकार संघ दाङका जिल्ला कार्य समिती सदस्य बिदुर एमसीको अध्यक्षतामा भएको पत्रकार सम्मलेनमा जिल्लाका एक दर्जन बढी पत्रकार र एक सय बढी राजमोका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन संघका जिल्ला सह—सचिव सन्तोषकुमार गुप्ताले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव