२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कछुवा गतिमा हिंडेको नयाँ संबिधान कहिले आइपुग्छ हुम्लामा ?

२०७३, २३ मंसिर बिहीबार १३:४०

नरजन तामाङ । मंसिर २३,  हुम्ला । 'कछुवा गतिमा हिंडेको नयाँ संबिधान कहिले आइपुग्छ हुम्लामा ?' यो प्रश्न संबिधानमा ब्यबस्था भए बमोजिम कार्यान्वयन नभएकोले जिम्मेवार निकायहरुलाई हुम्लाका दलितहरुले सोधेका हुन् । 

सदरमुकाम सिमकोटदेखि ४३ कोष टाढा रहेको कालिका गाविसमा आयोजना गरिएको धार्मिक महोत्सवमा  दलितहरुलाई रोक लगाएको छ । 

२०७२ साल असोज ३ गते जारी भएको नेपालको संविधानको भाग ३ को धारा २४ मा जातिय छुवाछुत तथा भेदभाव विरुद्धको हकको व्यवस्था घोषणा भएता पनि हुम्ला जिल्ला कार्यमै रहेको छ ।

धार्मिक साँस्कृत सेवा समाज हुम्लाले  कालिका गाविस लौठि गाउँमा मंसिर  १६ गते देखि संचालन गरेको धार्मिक  महत्सवमा डुम जाती भन्दै दलितलाई  प्रवेशमा रोक लगाएको श्रीनगर निवासी भिमबहादुर परियाले बताए ।

हुम्लाको दक्षिण ५ गाविसका बासिन्दाहरुको विवाह, वतवन्ध,लगन शुभकार्य र दान लगायत संयुक्त रुपमा गर्ने भन्दै गरिएको आयोजनमा दलितलाई रोक लगाएको हो । कम खर्च हुने भएपछि आफ्नो छोरा हिक सुनारको वर्तबन्धका लागि गएका श्रीनगर ३ का भौरे सुनारलाई दलित भन्दै महोत्सवमा प्रवेश गर्न दिइएन । 

सबैले आफ्नो छोराहरुको वर्तबन्ध गरेको सुनेपछि महोत्सव स्थलमा पुगेका सुनार आफू केही नगरेर घर फर्किनु परेको बताए । त्यस क्षेत्रमा बाहुन शाही, क्षेत्री जाती र दलित समुदायको वाहुल्याता भयता पनि दलित समुदाय लाई अझै उच्च  जातिको घर भित्र पस्न र छोएको पानी समेत नचलाउने गरेको समेत सुनारले बताएका छन ।

दलित समुदायकै कतिपय छोराछोरीहरुको जन्मकुण्डलीमा मंसिर महिना भित्रै  वर्तबन्ध गर्नुपर्ने भयता पनि संचालन भएको धार्मिक महत्सभवमा दलिजाती लाई रोक लगाउँदा दलित समुदाय खाली हात लिएर र्फकेका छन । 

धार्मिक साँस्कृतीक सेवा समाजले आयोजना गरेको धार्मिक महत्सवमा आयोजक समितिले समेत दलित प्रवेस रोक लगाएको बारेमा केहि प्रतिक्रिया नदिएको श्रीनिगर बाट कालि बहादुर थापाले बताउनु भयो । 

धार्मिक साँस्कृतीक सेवा समाजका सल्हाकार सदस्य हरिप्रसाद जैशीले समेत दलित सुमदाप प्रति निज भावले महत्सभवमा नर्छिन भनेपछि  दलितहरुलाई  वास्तविकताका बारेमा छानविन गर्नको लागि सम्बनिध निकायामा जाहेर गर्ने बताएका छन ।

प्रमुख जिल्ला अधिकारी डा. कृष्ण बहादुर घिमिरेले भने धार्मिक महोत्सवमा दलितजातीका छोराको ब्रतबन्ध गर्न नदिनु भनेको अमानविय व्यवहार भएको समेत बताउनु भयो ।

त्यसको वास्तविक घटनाको बारेमा बुझी  कानुन बमोजिम कारबाही गर्ने  बताए । केहि दिन यता कालिका गाविसमा मन्दिर निमार्ण गर्ने भन्दै धार्मिक सप्ताह संचालन गरेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी