ताराबहादुर महत । मंसिर २५, दोलखा | नेकपा एमाले संसदिय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकारले संविधान शंसोधन विधयेक संसदमा दर्ता गराएर संविधान उल्लंघन गरेको बत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । मंसिर २५, दोलखा | नेकपा एमाले संसदिय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकारले संविधान शंसोधन विधयेक संसदमा दर्ता गराएर संविधान उल्लंघन गरेको बत"/>
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले संविधान संशोधन गर्नु हुँदैन भन्ने पक्षमा छैनः नेम्वाङ

२५ मंसिर २०७३, शनिबार ११:१२

ताराबहादुर महत । मंसिर २५, दोलखा | नेकपा एमाले संसदिय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकारले संविधान शंसोधन विधयेक संसदमा दर्ता गराएर संविधान उल्लंघन गरेको बताउनुभएको छ । 

तत्कालिन संविधानसभाका अध्यक्ष समेत रहनुभएका एमाले नेता नेम्वाङले आफूले बनाएको संविधान कार्यान्वयनमा ध्यान दिनुपर्ने दलहरुले नै गैरजिम्मेवारपुर्वक संविधान नै उल्लंघन गरेर प्रदेश टुक््रयाउन खोजेको बताउनुभयो । नेकपा एमाले निर्वाचन क्षेत्र नम्बर २ दोलखाको तेश्रो अधिवेशन उद्घाटन कार्यक्रमलाई आज चरिकोटमा सम्बोधन गर्नुहुँदै  नेता नेम्वाङले एमाले संविधान संशोधन गर्नु हुँदैन भन्ने पक्षमा नभएको तर संविधान उल्लंघन गरेर विधयेक दर्ता भएकोले त्यसको विपक्षमा उभिएको प्रष्ट पार्नुभयो ।

एक अर्को प्रसङ्गमा नेता नेम्वाङले संसदमा निर्वाचन सम्बन्धि विधयेक नै पेश नगरेको सरकारले निर्वाचन गराउछु भन्नु जायज नभएको तर्क गर्नुभयो । निर्वाचन गराउछु भन्ने सरकारले निर्वाचन सम्बन्धि विधयेक संसदमा नलगेर किन लुकाएको ? भनी उहाँले सरकारमा रहेका दलका नेताहरुलाई प्रश्न समेत गर्नुभयो । सरकार आफू अफ्ठ्यारोमा पर्न लागेकोले निर्वाचनको कुरा उठाएको भएपनि एमाले निर्वाचनमा जान तयार रहेको उहाँको भनाई थियो ।

एमाले निर्वाचन क्षेत्र नम्बर क्षेत्र नम्बर २ दोलखाका क्षेत्रिय कमिटी अध्यक्ष इश्वर न्यौपानेको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन समारोहमा पुर्व पर्यटन मन्त्री तथा सांसद आनन्दप्रसाद पोखरेल, एमाले पोलिटब्युरो सदस्य तथा सांसद पशुपति चौंलागाँई, एमाले केन्द्रिय कमिटी सदस्य पार्वत गुरुङ, एमाले दोलखाका अध्यक्ष इश्वरचन्द्र पोखरेल, प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष गणेश बस्नेत लगायत जिल्लाका विभिन्न तह र तप्काका नेताहरुले समसामयिक राजनितिको चर्चा गर्नुहुँदै शुभकामना मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ