२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकताबद्ध हुन ओलीको आग्रह

२०७३, २८ मंसिर मंगलवार ०७:५२

मंसिर २८, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले किरात समुदायको मुख्य पर्व उधौलीका उपलक्ष्यमा शुभकामना दिँदै संविधानप्रदत्त अधिकारको व्यवहारमा कार्यान्वयन गराउन नेपालीबीचको एकता झनै अनिवार्य भएको बताउनुभएको छ । 

आफूले लगाएको अन्नबाली पाकेपछि कुल देउतालाई चढाएर मात्र खाने संस्कृति रहेको उधौली पर्व प्रकृति र पितृको पूजा तथा वातावरण र पर्यावरणसँग पनि सम्बन्धित रहेको जनाउँदै उहाँले संविधानले सबै जातजाति, भाषाभाषी, धर्म र समुदायको सांस्कृतिक अधिकारको सुनिश्चितता प्रदान गरेको उल्लेख गर्नुभएको छ । 

“सदियौँदेखि एकताबद्ध रहँदै आएका हामी मुलुकको जटिल परिस्थितिमा अझै बढी एकताबद्ध हुनु आवश्यक छ । मुलुकको सार्वभौमिकता, अखण्डता र राष्ट्रिय एकताका निमित्त एकताबद्ध भएर अघि बढ्न उधौली पर्वले सबैमा प्रेरणा मिलोस्” – सन्देशमा भनिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी