३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुलुकको समृद्धिका लागि सबै मिलेर संविधान कार्यान्वयन गर्नुपर्छः प्रधानमन्त्री दाहाल

२८ मंसिर २०७३, मंगलवार १२:१४

मंसिर २८, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धेरै ठूलो जटिलतालाई पार गरेर जारी गरिएको संविधान सबै मिलेर कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ । 

तेहौँ राष्ट्रिय ज्यापू दिवसका अवसरमा ज्यापू संस्कृति विकास कोषले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो – संविधान संशोधन प्रस्तावले निर्वाचनको वातावरण बनाएको छ । 

प्रधानमन्त्री दाहालले मधेस, पहाड र तराईका जनताको स्वीकार्यलाई बढाएर देशको एकतालाई बलियो बनाउन सकिने बताउँदै “तीन दलबीच आज छलफल भएको छ, अब केही दिनभित्र चुनावको मिति घोषणा गर्ने र संविधान संशोधन कार्यलाई टुङ्गोमा पु¥याउन सबै सकारात्मक छौँ भन्नुभयो ।” 

पुनःनिर्माणका काम अगाडि बढाउन लाग्दालाग्दै पनि सन्तोषजनक हुन नसकेको स्वीकार्दै उहाँले भन्नुभयो, “ मुलुकको समृद्धिका लागि सबै मिलेर संविधान कार्यान्वयन गर्नुपर्छ ।” 

प्रधानमन्त्री दाहालले मुलुकको पहिचानमा ज्यापु समुदायको सभ्यता र संस्कृतिले महत्वपूर्ण योगदान दिएको बताउँदै मौलिक पर्वका रुपमा स्थापित भएका सबै संस्कृतिलाई जोगाउनका लागि नयाँ पुस्ता त्यसतर्फ आकर्षित हुनुपर्ने छ भन्नुभयो । ज्यापू संस्कृति विकास कोषलाई रू १५ लाख उपलब्ध गराउने घोषणा पनि उहाँले गर्नुभयो । 

प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रियस्तरमा सम्मानित ननिता महर्जनलाई राष्ट्रियस्तरमा सम्मान गर्ने प्रतिबद्धता जनाउँदै विभेदमा परेकाको हितका लागि सरकार क्रियाशील रहेको बताउनुभयो । 

कोषका संरक्षक तीर्थराम डङ्गोलले कोषमा रकम वृद्धि र खेलाडी महर्जनलाई सम्मानका लागि आग्रह गर्दै ज्यापू भनेको किसान हो, राष्ट्रको गौरव पनि हो भन्नुभयो । 

उहाँले काठमाडौँ उपत्यकामा ज्यापूका अधिकांश घर भूकम्पमा परी उनीहरुले दुःख पाइरहेकाले पुनःनिर्माणका कार्य छिट्टो गर्न सरकारसंग आग्रह गर्नुभयो । 

कोषका अध्यक्ष मङ्गलसिंह महर्जनले ज्यापू दिवसको महत्व क्रमिक रुपमा बढ्दै गएकोमा खुसी व्यक्त गर्नुभयो । सो अवसरमा विभिन्न क्षेत्रबाट समाजको विकासमा योगदान पु¥याउने व्यक्ति तथा संस्थालाई पुरस्कार तथा सम्मान गरिएको थियो । 

यसअघि सो समूदायले विभिन्न टोल तथा स्थानबाट बाजागाजा, झाँकीसहित पदयात्रा गरेका थिए । काठमाडौँ उपत्यकाका कृषक ज्यापू संस्कृतिको महत्वपूर्ण मौलिक चाडका रुपमा आज यमरी पकाएर खाने चलन छ । आजको दिनलाई यमरी पुन्हीसमेत भनिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ