२०८२, ३ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

केही दिनभित्रै स्थानीय निर्वाचनको मिति घोषणा हुन्छ : प्रधानमन्त्री दाहाल

२०७३, २९ मंसिर बुधबार ०९:४७

मङ्सिर २९, लाहान । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको केही दिनभित्रै स्थानीय निर्वाचनको मिति घोषणा हुने बताउनुभएको छ । 

प्रेस सेन्टर नेपाल सिरहाद्वारा आज लहानमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो — “यसबारे तीन दलबीच गम्भीर रुपमा छलफल भइरहेको हुँदा सहमतिमा छिट्टै नै निर्वाचनको मिति घोषणा हुन्छ ।” 

प्रधानमन्त्री दाहालले सरकारको सम्पूर्ण ध्यान संविधान कार्यान्वयनप्रति केन्द्रित भएको बताउँदै राष्ट्रिय एकतालाई बलियो बनाउन सरकार क्रियाशील रहेको छ भन्नुभयो । 

“सकेसम्म मधेस, पहाड, हिमाल सबैको स्वीकार्यता बढाएर, मधेसी दललाई पनि विश्वासमा लिएर राष्ट्रिय एकतालाई बलियो बनाइ संविधान कार्यान्वयन गर्ने र निर्वाचनको वातारण बनाउनेतिर नै सरकारको जोडबल छ,” उहाँले भन्नुभयो — “संसद्मा दत्र्ता गराएको संविधान संशोधन प्रस्ताव सरकारले कुनै पनि हालतमा फिर्ता नलिने तर त्यसमा सकारात्मक परिमार्जन भन्ने गर्न सकिन्छ ।” 

प्रधानमन्त्री दाहालले संविधान संशोधन प्रस्तावको विरोध गर्नु र आफूमाथि राष्ट्रघाती आरोप लगाउनु गलत भएको टिप्पणी गर्दै ढिलै भए पनि प्रतिपक्षले पनि संशोधन प्रस्तावको पक्षमा आउने विश्वास व्यक्त गर्नुभयो । 

मधेसबाट चुनाव जितेकाले मधेसप्रति आफ्नो ठूलो जिम्मेवारी रहेको प्रशङ्ग कोट्याउँदै उहाँले मधेसका जिल्लामा खानेपानी, बिजुली, सडकलगायतका पूर्वाधार निर्माणतर्फ सरकारले प्याकेजसहित काम अघि बढाएको छ भन्नुभयो । 

पत्रकार सम्मेलनमा ऊर्जामन्त्री जनार्दन शर्मा र कानुनमन्त्री अजयशङ्कर नायकको पनि उपस्थिति थियो । 

यसअघि प्रधानमन्त्री दाहाल आज बिहान सिरहाको मिर्चैयामा आयोजित सिरहा क्षेत्र नम्बर– ५ संसदीय कोष विकास समितिको बैठकमा पनि सहभागी हुनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ