मंसिर ३०, काठमाडौं | बीस दिन अघि टर्कीको इस्तानबुल विमानस्थलमा अपमान ढंगले करिब २० घन्टा अध्यागमनको थुनामा परेकी पूर्वप्रधानमन्त्री माधव नेपालकी पत्नी गायत्री उक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर ३०, काठमाडौं | बीस दिन अघि टर्कीको इस्तानबुल विमानस्थलमा अपमान ढंगले करिब २० घन्टा अध्यागमनको थुनामा परेकी पूर्वप्रधानमन्त्री माधव नेपालकी पत्नी गायत्री उक"/>
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल पत्नी गायत्री किन थुनिइन् टर्कीमा ?

३० मंसिर २०७३, बिहीबार ०४:२०

मंसिर ३०, काठमाडौं | बीस दिन अघि टर्कीको इस्तानबुल विमानस्थलमा अपमान ढंगले करिब २० घन्टा अध्यागमनको थुनामा परेकी पूर्वप्रधानमन्त्री माधव नेपालकी पत्नी गायत्री उक्त घटनाको पीडाले अझै रन्थनिइरहेकी छन्। आफूमाथिको घटना संयोग या षड्यन्त्र जे पनि हुनसक्ने भन्दै उनले यथार्थ बाहिर नआएसम्म केही नबोल्ने बताएका छन् ।   

मंसिर ११ देखि सुरु हुने वर्ल्ड पिस फाउण्डेसनको कार्यक्रममा सहभागी हुन पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पत्नी गायत्रीसहित ९ जनाको टोली त्यसतर्फ प्रस्थान गरेको थियो । तर काठमाडौंबाट टर्कीसम्म सामान्य अवस्थामा पुगेकी गायत्रीले त्यहाँ भने निक्कै कष्ट ब्यहोर्नुपरेको थियो ।

गायत्रीको पासपोर्टमा सुरक्षा निकायले प्रश्न उठाएपछि उनले इस्तानबुलकै अध्यागमनमा २० घन्टा थुनिनुपर्‍यो।

न्यूयोर्क उड्न विमानको प्रतिक्षा गर्दै इस्तानबुल विमानस्थलको बिजनेश कक्षमा बसुन्जेल गायत्रीलाई बाहिर आफ्नो खोजी भइरहेको छ भन्ने थाहा थिएन।

गायत्रीको पासपोर्ट नम्बर इन्टरपोलको कालोसूचीमा रहेको देखिएपछि उनीमाथी टर्किस प्रहरीले शंका गरेको थियो । कुटनीतिक राहदानी बोकेको र आफू पूर्वप्रधानमन्त्री पत्नी भएको बताउँदा पनि अध्यागमनले छोड्न मानेको थिएन ।

तर नेपालको प्रहरी र अमेरिकास्थित दूतावासको सक्रियतामा इन्टरपोलमार्फत उनलाई क्लियरेन्स आएपछि २० घण्टापछि उनी अमेरिका उडेकी थिइन् । -अन्नपूर्ण 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ