2026-10-01 02:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै 

काठमाडौँ | रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाएका छन् । झापा-५ बाट निर्वाचित शाहले सोमबार आयोगमा विवरण बुझाएका हुन् । प्रतिनिधि सभा निर्वाचनमा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भारी मतान्तरले पराजित गरेका थिए । शाहले निर्वाचन प्रचार–प्रसारमा १४ लाख रुपैयाँ हाराहारी खर्च भएको विवरण बुझाएका छन् ।

आयोगमा बुझाइएको विवरणअनुसार सबैभन्दा बढी रकम वडा स्तरीय प्रचार कार्यक्रम तथा घरदैलो अभियानमा खर्च भएको देखिन्छ। १५ दिनसम्म सञ्चालन गरिएको घरदैलो कार्यक्रमका लागि करिब ५ लाख ८० हजार रुपैयाँ खर्च भएको उल्लेख छ। त्यसैगरी सवारी साधन भाडामा करिब २ लाख ९३ हजार खर्च भएको विवरणमा उल्लेख गरिएको छ। कार्यालय सञ्चालन (पानी खर्च) शीर्षकमा दुई महिनामा करिब १ लाख २० हजार रुपैयाँ खर्च भएको देखिएको छ।

त्यस्तै, प्रचार–प्रसार सामग्री छपाइ (फ्लेक्स तथा ब्यानर)मा करिब १ लाख ५७ हजार खर्च भएको विवरणमा उल्लेख छ। यसका अतिरिक्त हवाई भाडा, मतदाता प्रशिक्षण कार्यक्रम, नमूना मतपत्र छपाइ, स्टेशनरी खर्च तथा मनोनयन दर्ता शुल्कलगायत शीर्षकमा पनि रकम खर्च भएको विवरण बुझाइएको छ।

कुल मिलाएर शाहले निर्वाचन प्रचार–प्रसारका विभिन्न शीर्षकमा करिब १४ लाख १७ हजार रुपैयाँ खर्च भएको विवरण आयोगमा पेश गरेका छन्। निर्वाचन ऐनअनुसार प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूले निर्वाचन सम्पन्न भएपछि आफ्नो खर्च विवरण निर्वाचन आयोगमा अनिवार्य रूपमा बुझाउनुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा फ्लाईदुबई विमानमा ककपिटमै हमला, १०० भन्दा बढी यात्रुको ज्यान जोगियो शुक्रबारदेखि संघीय संसद्को अधिवेशन अन्त्य हुने केएलसिसि टावरमा सुरक्षा दिने श्रमिकहरुको गुनाशो- ‘दुतावास आए तर मालिकका मान्छेसंगै आए’ प्रधानमन्त्री शाहको कार्यशैलीप्रति एमाले सांसद पोखरेलको प्रश्न कांग्रेस वडा अधिवेशनमा सक्रिय सहभागी हुन देउवाको अपिल भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५५ पुग्यो, ४,७१८ बेपत्ता सुनचाँदीको मूल्य स्थिर मलेसिया रोजगारमा संकट: जिम्मेवार निकायको अकर्मण्यताको परिणाम ! जनतालाई ग्यास दिन र महँगी नियन्त्रण गर्न पनि सरकार असफल : पद्मा अर्याल युवालाई विदेश पठाएर र बाह्य स्रोतको भर परेर देश बन्दैन : महामन्त्री पौडेल हरेक युवालाई सिक्ने, अघि बढ्ने र क्षमता प्रयोग गर्ने अवसर दिनुपर्छ : श्रममन्त्री यादव दुर्गा प्रसाई पक्राउको कारण पेस गर्न सर्वोच्चको आदेश प्रतिनिधिसभाबाट पाँच विधेयकसम्बन्धी निर्णय, बैठक बिहीबारसम्म स्थगित कांग्रेसमा समानान्तर महाधिवेशनको तयारी, देउवा समूहले निर्वाचन आयोगलाई बुझायो कार्यतालिका सरकारको कार्यशैलीप्रति महेन्द्र शाहीको असन्तुष्टि, ‘ट्रयाक छोडेर हिँडे दुर्घटना निम्तिन्छ’