2026-10-21 11:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै 

काठमाडौँ | रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाएका छन् । झापा-५ बाट निर्वाचित शाहले सोमबार आयोगमा विवरण बुझाएका हुन् । प्रतिनिधि सभा निर्वाचनमा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भारी मतान्तरले पराजित गरेका थिए । शाहले निर्वाचन प्रचार–प्रसारमा १४ लाख रुपैयाँ हाराहारी खर्च भएको विवरण बुझाएका छन् ।

आयोगमा बुझाइएको विवरणअनुसार सबैभन्दा बढी रकम वडा स्तरीय प्रचार कार्यक्रम तथा घरदैलो अभियानमा खर्च भएको देखिन्छ। १५ दिनसम्म सञ्चालन गरिएको घरदैलो कार्यक्रमका लागि करिब ५ लाख ८० हजार रुपैयाँ खर्च भएको उल्लेख छ। त्यसैगरी सवारी साधन भाडामा करिब २ लाख ९३ हजार खर्च भएको विवरणमा उल्लेख गरिएको छ। कार्यालय सञ्चालन (पानी खर्च) शीर्षकमा दुई महिनामा करिब १ लाख २० हजार रुपैयाँ खर्च भएको देखिएको छ।

त्यस्तै, प्रचार–प्रसार सामग्री छपाइ (फ्लेक्स तथा ब्यानर)मा करिब १ लाख ५७ हजार खर्च भएको विवरणमा उल्लेख छ। यसका अतिरिक्त हवाई भाडा, मतदाता प्रशिक्षण कार्यक्रम, नमूना मतपत्र छपाइ, स्टेशनरी खर्च तथा मनोनयन दर्ता शुल्कलगायत शीर्षकमा पनि रकम खर्च भएको विवरण बुझाइएको छ।

कुल मिलाएर शाहले निर्वाचन प्रचार–प्रसारका विभिन्न शीर्षकमा करिब १४ लाख १७ हजार रुपैयाँ खर्च भएको विवरण आयोगमा पेश गरेका छन्। निर्वाचन ऐनअनुसार प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूले निर्वाचन सम्पन्न भएपछि आफ्नो खर्च विवरण निर्वाचन आयोगमा अनिवार्य रूपमा बुझाउनुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ