३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोल्पा सदरमुकाम तनावग्रस्त

३० मंसिर २०७३, बिहीबार १४:२०

जीबन बि.सी | मङ्सिर ३०, रोल्पा (लिवाङ) । बिहिबार दिउसो रोल्पाको सदरमुकाम तनावग्रस्त भएको थियो । नेपाल मगंर सघं, रोल्पाले रोल्पालाई अलग्याउनु पर्छ भन्दै ससंदमा दर्ता भएको प्रस्तावको स्वागत कार्यक्रम गरेकोे थियो भने, अर्कातिर रोल्पा सघंर्ष समिती, स्थानीस र सर्वसाधारणहरुले रोल्पा ५ नं प्रदेशबाट अलग्याउनु हुन्न भन्दै विरोध प्रदशन गर्दा सदरमुकाम तनाबग्रस्त देखिएको हो । सदरमुकाम स्थीत  टुडिखेलको उत्तर दिशाको कुनामा मगंर सघं, रोल्पाले ससंदमा दर्ता भएको प्रस्तावको स्वागत कार्यक्रम सम्पन्न गरेको थियो भने टुडिखेलको दक्षिण दिशाको कुनामा रोल्पा सघंर्ष समिति, स्थानीय सर्वसाधारणहरुले ससंदमा दर्ता भएको प्रस्ताव फिर्ता लिनुपर्ने माग राख्दै मगर सघं, रोल्पाको कार्यक्रमको विरोध गरेका थिए ।  ५ नंवर प्रदेशवाट पहाडी जिल्ला टुक्याउने गरि सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन विधयकका विषयमा जिल्लामै विवाद देखिए पछि यस्तो समस्याको श्रृजना भएको हो । लिबाङको टुडिखेलमा टायर बालेर प्रर्दशन समेत गरिएको थियो ।

प्रहरी र आन्दोलनकारी बिच सामान्य झडप पनि भएको थियो । कार्यक्रमलाइ अबरुद्ध पार्नको लागी आन्दोलनकारी सुरखेतिडाडा बाट टुडिखेल सम्म आउदा प्रहरीले छेक्न खोज्दा बिबाद पर्दा टुडिखेलमा प्रहरी र आन्दोलनकारी बिच झडप भएको हो । आन्दोलकारीले यता बाट ढुङगाले हान्दा प्रहरीले तिन राउन्ड अश्रुग्यास प्रहार गरेका थिए । अश्रुग्यास प्रहार गरिसके पछि आन्दोलनकारी भागाभाग भएको थिए र त्यसो हुदा मगर संघको स्वागत कार्यक्रम नै बिथोलिएको थियो ।

 विरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कागं्रेसका सासंद तथा सघंर्ष समितीका अध्यक्ष अमर सिङ पुनले सरकारले ससंदमा दर्ता गरेको विधेयक फिर्ता नलिए फेरी द्धोन्द्ध निम्तीन सक्ने खतरा रहेको पनि चेतावनी दिनु भएको छ  । लामो समय सम्म आन्दोलन गर्दा समेत सरकारले बेवास्ता गरेकाले आन्दोलन झनै शशक्त बनाउन बाध्य भएको उहाले बताउनु भेएको छ । यस्तै नेकपा एमालेका अध्यक्ष हरि प्रसाद घर्तिले  प्रहरीले कार्यक्रममा अश्रुग्यास प्रहार गरेकोमा आफुलाइ कुनै पनि हालतमा सहि नहुने बताउनु भएको  छ  यस्तै बिरोध स्वरुप आन्दोलनकारीहरुले बिहिबार बेलुका लोकतान्त्रिक चोक बाट टुडिखेल सम्म मसाल जुलुस समेत प्रर्दशन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ