३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गतिरोध अन्त्यका लागि प्याकेजमै सहमति हुनुपर्ने–नेता पौडेल

२ पुष २०७३, शनिबार ०७:३३

पुस २, विराटनगर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको गतिरोधलाई अन्त्य गर्नका लागि मुख्य दलबीच प्याकेजमै सहमति हुनुपर्ने सुझाव दिनु भएको छ । 

विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले संविधान निर्माणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका दल र मधेसी मोर्चाबीच स्थानीय निकायको निर्वाचनका साथै संविधान संशोधनको विषयमा सहमति गरेर मुलुकलाई निकास दिनुपर्ने आवश्यकतामा जोड दिनुभयो । 

तराईका जनताको भावनालाई समेटनुपर्ने उल्लेख गर्दै उहाँले संविधान संशोधनको विषयलाई लिएर यतिखेर रोल्पा, प्यूठानको जनतालाई पर्नसक्ने मर्कालाई पनि ध्यानमा राखेर कार्य गर्नुपर्ने देखिएको विचार राख्नु भयो । 

नेता पौडेलले पुनःसंरचना आयोगले पेस गरेको प्रतिवेदनमा कतिपय पहाडी जिल्लाका बासिन्दालाई चित नबुझेको र तराईका आठ जिल्लाको प्रतिवेदनसमेत नआएको अवस्थामा स्थानीय निकायको निर्वाचन पुरानै संरचनामा गर्नुपर्ने विषयमा जोड दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही