३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसदीय प्रक्रियालाई आत्मसात् गर्नुपर्छः प्रधानमन्त्री

३ पुष २०७३, आईतवार ०७:३८

पुस- ३, विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको गतिरोध अन्त्य गर्नका लागि प्रतिपक्षलाई संसदीय प्रक्रियालाई आत्मसात् गरी अगाडि बढ्न आह्वान गर्नुभएको छ । 

विराटनगर विमानस्थलमा आज प्रेस सेन्टर नेपालद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले संविधान संशोधनसम्बन्धी विधेयकलाई संसद्ले जति छिटो टुङ्गो लगाइन्छ, त्यति छिटो मुलुकको गतिरोध अन्त्य हुन्छ भन्नुभयो । 

“संविधान संशोधनको प्रस्तावको पक्ष र विपक्षमा संसद्मा छलफल हुन्छ र यसलाई पारित गर्ने वा परास्त गर्ने अधिकार संसद्लाई नै हुन्छ”, उहाँले भन्नुभयो, “प्रतिपक्षले गैरसंसदीय, गैरलोकतान्त्रिक प्रक्रियालाई बन्द गरी आफ्नो मत संसद्भित्रै राख्नुपर्छ, संशोधन प्रस्तावको मुख्य उद्देश्य हिमाल, पहाड र मधेसलाई जोडेर मुलुकलाई निर्वाचनमा लग्नु हो ।” 

संसद्मा दर्ताको भएको संविधान संशोधनको विधेयकमा परिमार्जन हुने सम्बन्धमा पत्रकारको जिज्ञासामा उहाँले भाषासम्बन्धी आयोगमा केही संशोधन हुनसक्ने उल्लेख गर्नुभयो । उहाँले स्थानीय तहको निर्वाचन वैशाखमा हुने बताउँदै स्थानीय निकाय पुनःसंरचनासम्बन्धी आयोगले आउँदो बुधबारसम्ममा सरकारलाई प्रतिवेदन बुझाउने जानकारी गराउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही