पुस ४, काठमाडौँ । स्थानीय तह पुनःसंरचना गर्न गठित ‘गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षण वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण आयोग’ले आफूले तोकेभन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ४, काठमाडौँ । स्थानीय तह पुनःसंरचना गर्न गठित ‘गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षण वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण आयोग’ले आफूले तोकेभन"/>
२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आयोगले तोकेभन्दा कम संस्थामा स्थानीय तह

२०७३, ४ पुष सोमबार १०:२६

पुस ४, काठमाडौँ । स्थानीय तह पुनःसंरचना गर्न गठित ‘गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षण वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण आयोग’ले आफूले तोकेभन्दा कम सङ्ख्याको स्थानीय तहको निर्धारण गर्ने भएको छ । 

जिल्लास्थित केही स्थानीय तह पुनःसंरचना प्राविधिक समितिले आयोगले तोकेभन्दा कम सङ्ख्यामा तह पुनःसंरचना गरेर पठाएपछि आयोगले आफूले तोकेको कम सङ्ख्याको स्थानीय तह निर्धारण गर्न थालेको हो । 

आयोगका सदस्य–सचिव डा हरि पौडेलले ७२० देखि ७३० को सङ्ख्यामा स्थानीय तह बन्ने बताउनुभयो । “जनसङ्ख्या, भूगोल, क्षेत्रफल विकास निर्माणको हिसाबमा ७४४ स्थानीय तहको बनाउने हाम्रो योजना रहेको थियो”, उहाँले भन्नुभयो– “तर जिल्लास्थित केही प्राविधिक समितिले हाम्रै मापदण्डका आधारमा कम तह निर्धारण गरेपछि हामीले तोकेभन्दा कम सङ्ख्या निर्धारण गर्न थालेका हौँ ।” 

यसैगरी आयोगले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाउने तयारी गरेको छ । 

“सबै काम सकाएर हामी प्रतिवेदनको अन्तिम तयारीमा छौँ”, उहाँले भन्नुभयो–“बुधबारसम्ममा प्रधानमन्त्री दाहाललाई नक्साङ्कनसहितको प्रतिवेदन बुझाउने तयारीमा छौँ ।” 

आयोगले प्रतिवेदन बुझाएपछि स्थानीय तहको निर्वाचनको बाटो खुल्नेछ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु