४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

तिवारीको हत्यारालाई कारावाहीको माग गर्दै पर्दशन

५ पुष २०७३, मंगलवार ११:१३

नरी बडु, पुष २ बैतडी ।
नेकपा एमालेको भातृ संगठन युवा संघका रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्यारालाई कारवाहीको माग गर्दै युवा संघ नेपाल बैतडीले पनि जिल्लामा प्रर्दशन गरेको छ । तिवारीको सोमबार अज्ञात समुहले गोली हानी हत्या गरेका थिए ।

असल राजनीतिक छवि भएका तिवारीको हत्यामा संलग्न जो–कोही भएपनि तत्काल कारवाही गर्न दबाव स्वरुप जिल्लामा पनि प्रर्दशन गरिएको हो ।
जिल्लाको गोठलापानी, शाहिलेक, सतबाँज, श्रीकोट र खोड्पे लगायतका बजारहरुमा युवासंघ नेपाल बैतडीले प्रर्दशन गरेको युवा संघ नेपाल बैतडीका कोषध्यक्ष राजेन्द्र चन्दले बताए ।

“संगठनमा प्रमुख भुमिकामा रहेका एक असल राजनितीक छवि भएका व्यक्तिमाथि गोली प्रहार हुनु समग्र संगठनमाथि चोट पुगाउनु भएकाले उक्त कार्यको युवासंघ घोर विरोध गर्दै दोषि पत्ता लगाई कारवाहीको माग दर्गछ” युवा संघ नेपाल बैतडीका सदस्य सुदीर भट्टले भने ।

उता सरकारले तिवारीको हत्याबारे अनुसन्धान गर्न छानविन समिति गठन गरेको छ । गृह मन्त्रालयले दिएको जानकारी अनुसार नेपाल प्रहरीका एआइजी बिज्ञानराज शर्माको नेतृत्वमा चार सदस्यीय छानविन समिति गठन भएको छ ।

उनीहरुले घटनाको अनुसन्धान गरी १५ दिनभित्र प्रतिवेदन बुझाउनुपर्नेछ । गृहका प्रवक्ता बालकृष्ण पन्थीका अनुसार अपराधिलाई पक्राउ गर्ने उद्देश्यले सबै सुरक्षा निकायहरुलाई बिभिन्न नाका लगायत सीमावर्ती क्षेत्रमा परिचालन गरिएको छ र ‘कोर्डन एण्ड सर्च’ को काम भइरहेको छ ।

गृहले घटनामा ज्यान गुमाएका तिवारीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेको छ । रुपन्देहीमा हिजो अपरान्ह युवा संघ रुपन्देहीका अध्यक्ष तिवारीको गोली प्रहार गरी हत्या भएको थियो । मोटरसाइकलमा आएका दुई जनाले उनको हत्या गरी फरार भएका थिए ।

हत्यारालाई कारबाही हुन्छ : गृहमन्त्री निधि
यसैबीच गृहमन्त्री विमलेन्द्र निधिले रुपन्देही युवा संघका अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न जोसुकैलाई कारबाहीको दायरामा ल्याउने बताएका छन् ।
मंगलबार युवा संघको ज्ञापनपत्र बुझ्दै मन्त्री निधिले घटनाको अनुसन्धान प्रक्रिया अघि बढिसकेको भन्दै छिट्टै पक्राउ पर्ने र कानुन बमोजिम कारबाही गर्ने बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट