३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तिवारीको हत्यामा प्रयोग भएको मोटरसाइकल बेवारिसे अवस्थामा बरामत, एक युवक पक्राउ

५ पुष २०७३, मंगलवार ११:४२

सरु शर्मा/पुष ५, परासी । नेकपा एमाले सम्वद्ध युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा प्रयोग भएको मोटरसाइकल बेबारिसे अवस्थामा फेला परेको छ । 

घटनास्थल देवदहको खैरहनी बजारबाट दक्षिणी पश्चिमी क्षेत्र मणिग्रामको कान्छी बजारमा बा ५१ प ८०७३ नम्बरको मोटरसाइकल बरामद भएको रुपन्देहीका डिएसपी एवम् प्रवक्ता बेलबहादुर पाण्डेले बताउनुभएको छ  । उहाका अनुसार बरामद मोटरसाइकल १ सय ५० सिसीको रातो रंगको छ । घटनापश्चात भित्री बाटोको प्रयोग गर्दै भागेका आक्रमणकारीहरुले मुख्य राजमार्गहरुमा प्रहरी गस्ती देखेपछि मोटरसाइकल स्टार्ट अवस्थामै छाडेर भागेको प्ररम्भिक अनुसन्धान खुलेको पाण्डेले बताउनुभएको छ ।

मोटरसाइकलको ‘चालक’ यती हतारमा देखिन्छ कि मोटरसाइकलबाट साँचो समेत ननिकाली स्टार्ट अवस्थामै छाडेर भागेको देखिन्छ उहाले भन्नुभयो ‘मोटरसाइकल फेला परेको स्थानले अपराधीले गोली हानेर घटनास्थलबाट दक्षिणी पश्चिमी क्षेत्र तर्फ भागेको देखिन्छ’ ।  उहाले घटनालाई गम्भिरताका साथ अनुसन्धान गरिरहेको बताउदै दोषीलाई छिट्टै पक्राउ गर्ने बताउनुभएको छ ।   

घटनाको अनुसन्धानका क्रममा प्रहरीले भैरहवाको एक युवकलाई पक्राउ गरेको स्रोतले बताएको छ । पक्राउ परेको युवाका साथै अन्य बिभिन्न शकांस्पद व्यक्तिहरुसँग पनि प्रहरीले सोधपुछ गरिरहेको छ । यसैबीच घटनाको अनुसन्धानका लागि काठमाडौंबाट राष्ट्रिय अनुसन्धान विभागको एक टोली पनि रुपन्देही आइपुगेको छ । र, टोली जिल्लाको विभिन्न भागमा छरिएर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले स्रोतले बताएको छ ।

यता घटनाको बिरोधमा लुम्बिनि अन्चलका  सबै जिल्लामा आज बन्द आह्वान गरीएको छ भने  रुपन्देही अनिश्चित कालका लागि बन्द आह्वान गरीएको छ । सोही अनुसार आज अन्चलका बिभिन्न स्थानमा बिरोध प्रर्दशन भैरहेको छ । नवलपरासीमा पनि बिरोध प्रदर्शन गरीएको छ। पुर्ब  पश्चिम राजमार्ग ठप्प छन् भने आज शैक्षिक सँस्था ठप्प पारेका छन् । पाँच नम्बर प्रदेश टुक्रयाईएको बिरोधमा भएको बन्दका कारण हैरानि खेपेका सर्बसाधारणले लगत्तै हत्याको बिरोधमा आज  फेरी बन्द झेलेका छन् । 

तिवारीलाई रुपन्देहीको देवदह नगरपालिका ढेकावार कोलीयामा मोटरसाइकलमा आएका दुई अज्ञात ब्यक्तिले गोली प्रहार गरेका थिए । दिउँसो करिव साढे ३ बजे रातो पल्सर बाइकमा आएका २ अज्ञात व्यक्तिले उनीमाथि गोली प्रहार गरी भागेका थिए ।  देब्रे कोखमा गोली लागी गम्भीर घाइते भएका तिवारीको देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड