पुस ६, गुल्मी । उप प्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले नेकपा एमालेलाई संसद् अवरुद्ध गरेर जनतालाई झुट र भ्रमको खेती नगर्न आग्रह गरेका छन् । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ६, गुल्मी । उप प्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले नेकपा एमालेलाई संसद् अवरुद्ध गरेर जनतालाई झुट र भ्रमको खेती नगर्न आग्रह गरेका छन् । 
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसद् अवरुद्ध गर्ने प्रवृति राष्ट्रघात हो: उपप्रधानमन्त्री निधि

६ पुष २०७३, बुधबार १०:०१

पुस ६, गुल्मी । उप प्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले नेकपा एमालेलाई संसद् अवरुद्ध गरेर जनतालाई झुट र भ्रमको खेती नगर्न आग्रह गरेका छन् । 

संसद् अवरुद्ध गर्नु भनेको संसदीय, लोकतान्त्रिक र संवैधानिक तीनवटै प्रक्रिया अवरुद्ध पार्ने काम भएको छ, नेपाली काँग्रेस गुल्मीका पूर्वपार्टी सभापति चन्द्रबहादुर केसीका पिता स्वर्गीय ज्ञानबहादुर केसीको ११ औं दिनको पुन्यतिथिका स्मृतिमा गुल्मीको भाडगाउँमा आज आयोजित शोकसभामा उनले भने- “उक्त प्रवृतिले राष्ट्रहीत नभइ राष्ट्रघात गर्ने काम मात्र भएको छ ।” 

नेपाली काँग्रेसका नेता समेत रहनुभएका उपप्रधान एवम् गृहमन्त्री निधिले एमालेलाई मुढेबल छोडेर सके विपक्षमा मतदान गर्नसमेत चुनौती दिए । प्रदेशको सीमाङ्कन गर्नुभनेको प्रदेश टुक्र्याउनु नभएको भन्दै उहाँले टुक्र्याउनु र सीमाङ्कन गर्नु अलग/अलग कुरा भएको टिप्पणी गरे । 

उपप्रधानमन्त्री निधीले संविधान संशोधन प्रस्ताव गुल्मी, पाल्पा, अर्घाखाँची, रोल्पा, रुकुम र प्यूठानका जनताको हितमा भएको भन्दै यसले जनतालाई कमजोर हैन शक्तिमा वृद्धि गर्ने काम गरेको बताए । 

एमालेको ‘लहलहै’मा लागेर आन्दोलनमा उत्रनुको कुनै औचित्य नरहने भन्दै उनले आन्दोलनलाई छोडेर पार्टीको निर्णयमा साथ दिन काँग्रेस कार्यकर्तालाई निर्देशनसमेत दिए । 

शोकसभामा रक्षामन्त्री एवम् काँग्रेस नेता बालकृष्ण खाँडले हामी सबैका लागि मुलुक ठूलो भएको भन्दै देशका गम्भीर मुद्दालाई एमालेले राजनीतिकरण गरेर मुलुकलाई झन जटिल अवस्थामा पु¥याउन खोजेको आरोपल गाए । एमालेको राष्ट्रवादको नारा विल्कुलै नक्कली राष्ट्रवाद भएको टिप्पणीसमेत उनले गरे । 

वनमन्त्री शङ्कर भण्डारी, केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की, पुष्पा भुसाल, वाणिज्य राज्यमन्त्री सुवर्ण ज्वारचन, सांसद अर्जुनप्रसाद जोशी, धु्रव वाग्ले र कृष्णबहादुर छन्तेल लगायतले संविधान कार्यान्वयनमा सबै दलहरु एक भएर अगाडी बढ्नुपर्ने आवश्यकतामाथि जोड दिए । 

नेपाली काँग्रेस गुल्मीका पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले संविधान संशोधन प्रस्ताव जनताको हित विपरित भएको बताए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही