२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङका झण्डै १४ सरकारी कार्यालय प्रमुख बिहिन

२०७३, ७ पुष बिहीबार १०:३३

सम्राट सिंह/पुस ७, बझाङ । सुदूरपश्चिमको विकट हिमाली जिल्ला बझाङका झण्डै १५ सरकारी कार्यालयहरु प्रमुख विहिन बनेका छन । 

सरकारी कार्यालयका प्रमुखहरु घर बिदा तथा गोष्ठिमा जिल्ला बाहिर गएपछि करिब ३ सातादेखि जिल्लाका सरकारी कार्यालय प्रमुख बिहिन बनेका हुन । बझाङका अधिकांस सरकारी कार्यालयका प्रमुखहरु जिल्ला बाहीर भएकाले तल्लो तहका अन्य कर्मचारीहरु पनि नियमित कार्यालयमा नबस्ने गरेको सेवाग्राहीको गुनासो छ । सरकारी कर्मचारीहरु यसरी एकैपटक जिल्ला बाहिर जाँदा सरकारी कार्यालयमा सेवा लिन आएका सेवाग्राही मर्कामा परेका छन ।  

जिल्ला विकास समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला अदालत,जिल्ला खानेपानी कार्यालय, जिल्ला शिक्षा कार्यालय, जिल्ला सिँचाइ कार्यालय, जिल्ला निर्वाचन कार्यालय, पशुसेवा कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला सडक कार्यालय लगायत झण्डै १४ सरकारी कार्यालयका प्रमुखहरु अझै जिल्ला फर्केका छैनन् ।

तीन चार दिन लगातार जिल्ला विकास समितिमा धाउँदा समेत स्थानिय विकास अधिकारी छैनन् भनेर जिविसका अन्य कर्मचारीले फिर्ता पठाएको  योजनाको सम्झौता गर्न गएका कोटदेवलका गोरख रोकायाले बताए । सरकारी कार्यालयका प्रमुख यसरी जिल्ला बाहिरी जाँदा योजना सम्झौता, भुक्तानी जस्ता कामकाज नहुँदा विकट गाविसबाट सेवा लिन आएका सेवाग्राही मर्कामा पर्ने गरेका उनको भनाइ छ । 

प्रमुख जिल्ला अधिकारी सुनिल खनाल पौष १ गते गोष्ठीमा गएको बताउँदै सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र मल्लले अन्य कार्यालय प्रमुख पनि कोहि घर बिदामा कोही मिटिङ गोष्ठिमा जिल्ला बाहिर गएको बताए  । जिल्ला बाहिर भएका सम्पूर्ण सरकारी कार्यालयका प्रमुखहरुलाई तत्काल जिल्ला फर्कन पत्राचार गर्ने उनको भनाइ छ । 

 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी