३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारबिरुद्ध १० हजार मोटरसाइकल र्याली गर्ने एमालेको तयारी

१० पुष २०७३, आईतवार ११:२२


पुस १०, काठमाडौँ | नेकपा (एमाले) ले विपक्षी नौ दलसहित यही पुस २२ गते काठमाडौँमा आयोजना हुने जनप्रदर्शनको तयारीका लागि आफ्ना जनसङ्गठनलाई निर्देशन दिएको छ । 

एमालेको केन्द्रीय कार्यालय, धूम्रबाराहीमा आज सो पार्टीको प्रचार तथा प्रकाशन विभागले जनसङ्गठनको भेला आयोजना गरेको थियो । सो दिन भृकुटीमण्डपमा सभा गरी संविधान कार्यान्वयनका पक्षमा राष्ट्रिय एकताको समर्थन तथा हाल संसद्मा दर्ता भएको संशोधन प्रस्तावको विरोध गरिने छ । 

एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले संशोधनको प्रस्ताव संविधान र राष्ट्रहित विपरीत भएको विचार व्यक्त गर्दै संसद् र सडकमा निरन्तर आवाज उठाउनुपरेको बताउनुभयो । 

अर्का सचिव तथा विभागका प्रमुख योगेश भट्टराईले पुस १५ गतेदेखि २० गतेसम्म पार्टीका गाउँ, नगर, वडा तथा टोलस्तरका कमिटी र जनसङ्गठनका जिल्लाभन्दा तलका सबै कमिटी र सबै जिल्ला तथा क्षेत्रीय सम्पर्क मञ्चका बैठक तथा भेला गरी तयारीका काम गरिएको जानकारी दिनुभयो । 

विरोधसभाको प्रचारका लागि १० हजारको संख्यामा मोटरसाइकल र्याली र कोणसभा पनि गरिने छ । त्यस्तै (नेकपा (एमाले), नेकपा (माले), नेमकिपा, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, नेपाल जनमुक्ति पार्टी (लोकतान्त्रिक), नेपाः पार्टी, मधेस समता पार्टी र दलित जनजाति पार्टी) का अध्यक्षको हस्ताक्षर भएको अपिल घर÷घरमा पु¥याउने योजना बनाइएको विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड