१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

माओवादी केन्द्र ७ नम्बर प्रदेशको निर्णय यस्ता छन्

१० पुष २०७३, आईतवार १२:२३

दिनेश ठकुल्ला | पौष १०, धनगढी । नेकपा माओवादी केन्द्रको प्रदेश नम्बर सातको बैठकले सात नम्बर प्रदेश अन्तरगतका जिल्ला तथा जनवर्गीय संगठनको जिम्मेवारी हेरफेर गरेको छ । यही पुस ६ गतेदेखि ९ गतेसम्म संचालन भएको बैठकले जिल्ला इन्चार्ज तथा जनवर्गीय संगठनमा नेतृत्व हेरफेर गरेको बैठकका निर्णय सार्वजनिक गर्न आईतबार अत्तरियामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । 

बैठकले प्रदेश इन्चार्ज लेखराज भट्टको संयोजकत्वमा ५१ सदस्यीय प्रादेशिक सचिवालय तथा ९ सदस्यीय कार्यालय समिति गठन गरेको छ । कार्यालय समितिमा नेता खगराज भट्ट, लक्ष्मणदत्त जोशी, तारामान स्वाँर, देवराज रेग्मी, बीरमान चौधरी, नेपबहादुर चौधरी, विना मगर र जगत पार्की सदस्य रहनुभएको छ । कैलालीमा हरि चुधरी उत्सव, डोटीमा त्रिलोचन भट्ट, दार्चुलामा मानसिंह धामी, बाजुरामा सहदेव बोगटी, बैतडीमा नरेन्द्र कुँवरलाई संयोजकको जिम्मेवारी दिइएको जनाईएको छ । संगठन विभागहरुमा समेत जिम्मेवारी हेरफेर गरिएको प्रदेश संयोजक लेखराज भट्टले बताउनुभयो । बैठकले स्थानीय निकायको निर्वाचनको तयारीमा जुट्ने निर्णय गरेको छ । स्थानीय निकायको निर्वाचनमा प्रदेशबाट जितका लागि पार्टीलाई शसक्त र एकतावद्ध गर्नका लागि जिम्मेवारी हेरफेर गरिएको उल्लेख गर्दै नेता भट्टले निर्वाचनको तयारीका लागि ‘सर्कुलर’ गरिएको बताउनुभयो । नेता भट्टको संयोजकत्वमा स्थानीय तह निर्वाचन तयारी समिति गठन गरेको छ । संघीय संरचनाभित्र थारुलगायत अल्पसंख्यक जनजातीको अधिकार सुनिश्चितताका लागि छलफल चलाउनुका साथै ती समुदायको कार्ययोजना स्थानीय निर्वाचनसंग जोड्ने बताउनुभयो । अहिले आफ्नो पार्टी नेतृत्वको सरकार भएकाले यस क्षेत्रका विकासका मुद्धाहरुलाई अगाडि बढाउन पहल भइरहेको उहाले बताउनुभयो । सडक सञ्जाल विस्तार, दुई देश जोड्ने नाकाको स्तरोन्नती, चमेलिया, पश्चिम सेती जलविद्युत आयोजनाको निर्माणमा प्रधानमन्त्रीको ध्यानाकर्षण भएको उल्लेख गर्दै नेता भट्टले यी योजनाहरुको कामसमेत अगाडि बढेको बताउनुभयो । 

यस्तै पुस मसान्तसम्म सदस्यता नविकरण गर्ने, माघ मसान्तभित्र गाविस तथा नगर सम्मेलन गर्ने र फागुनमा प्रदेश सम्मेलन गर्ने कार्ययोजना बैठकले तय गरेको छ । नेता भट्टले केही नेताहरु पार्टी परित्याग गर्दैमा पार्टी कमजोर नहुने भन्दै आउने जाने क्रम भईरहने टीप्पणी समेत गर्नुभएको छ । पार्टीभित्र असन्तुष्टि हुनसक्ने भन्दै असन्तुष्टिलाई पार्टीभित्रै छलफल गरेर समाधान गरिनुपर्नेमा जोड दिईएको छ । पुस ६ गते शुरु भएको बैठकको पहिलो दिने माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेता राम बहादुर थापा बादल सहभागि हुनुभएको थियो । नेताहरुले समेत स्थानीय तहको निर्वाचनको तयारी गर्न निर्देशन दिएका थिए । 

फोटोः माओवादी केन्द्रको प्रदेश नम्बर सातले गरेका निर्णय सार्वजनिक गर्दै ईन्चार्ज भट्ट लगायतका नेताहरु । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन सुनको मूल्य सामान्य घट्यो वर्तमान अवस्थामा निर्वाचन नै उत्तम विकल्प हो : संयोजक दाहाल रास्वपाको केन्द्रीय समिति बैठक : सहमति अनुमोदन आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते