पुस ११, काठमाडौँ । व्यवस्थापिका–संसद्मा ठूलो दल नेपाली काँग्रेसले वर्तमान राजनीतिक गतिरोध अन्त्य गर्न चार बुँदे प्रस्ताव अघि सारेको छ । 

स्थानीय निकाय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ११, काठमाडौँ । व्यवस्थापिका–संसद्मा ठूलो दल नेपाली काँग्रेसले वर्तमान राजनीतिक गतिरोध अन्त्य गर्न चार बुँदे प्रस्ताव अघि सारेको छ । 

स्थानीय निकाय"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजनीतिक गतिरोध अन्त्य गर्न काँग्रेसको चार बुँदे प्रस्ताव

११ पुष २०७३, सोमबार ०७:०४

पुस ११, काठमाडौँ । व्यवस्थापिका–संसद्मा ठूलो दल नेपाली काँग्रेसले वर्तमान राजनीतिक गतिरोध अन्त्य गर्न चार बुँदे प्रस्ताव अघि सारेको छ । 

स्थानीय निकायको निर्वाचन तत्काल घोषणा, निर्वाचनका लागि विचाराधीन विधेयक पारित, व्यवस्थापिका–संसद्को अवरुद्ध बैठक तत्काल सञ्चालन र निर्वाचन आयोगलाई पूर्णता दिनुपर्ने प्रस्ताव अघि बढाएको हो । 

पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा काँग्रेसले संसदीय दलको कार्यालय सिंहदरबारमा आज बिहान बसेको संसदीय दलका पदाधिकारी एवम् पूर्व पदाधिकारी तथा उपत्यकामा रहेका केही वरिष्ठ केन्द्रीय सदस्य सहभागी बैठकले ती चार प्रस्तावमा सहमतिका लागि सत्तासाझेदार, प्रमुख प्रतिपक्षी दलसहित अन्य दलसँगको वार्तालाई अझ कसिलो र निर्णायक बनाउने निर्णयसमेत गरेको छ । 

स्थानीय निकायको निर्वाचन नयाँ संविधान अथवा पुरानै संरचना बमोजिम गर्ने भन्ने विषयमा बैठकले स्पष्ट निर्णय गरेको छैन । बैठकपछि नेकाका महामन्त्री डा शशाङ्क कोइरालाले सञ्चारकर्मीसामु बैठकमा ती चारबुँदे प्रस्तावमा छलफल भएको बताए । 

स्थानीय निकायको निर्वाचनसम्बन्धी विधेयकलाई पारित गर्न सत्तारुढ दलहरु प्रतिबद्ध भए आफूहरु सदन खोल्न तयार रहेको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आफ्नो भनाइ सार्वजनिक गर्दै आएको छ । सरकारले व्यवस्थापिका–संसद् सचिवालयमा दर्ता गराएको संविधान संशोधनको प्रस्तावविरुद्ध एमालेले आठौँपटकसम्म सदन अवरुद्ध गरिसकेको छ । 

यसैगरी निर्वाचनसित सम्बन्धित तीन विधेयक व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिमा विचाराधीन अवस्थामा छन् । अर्कातर्फ निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्त र एकजनामात्र आयुक्त छन् । 

महामन्त्री डा कोइरालाले भने– “सदन छिटोभन्दा छिटो सञ्चालन गर्नुपर्छ, सदन अवरुद्ध हुँदा सङ्क्रमणकालीन समय लम्बिदै जान्छ, यसका लागि एमालेका साथीहरु लचिलो हुनुपर्छ ।” 

बैठकपछि नेकाका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक गतिरोध अन्त्यका लागि निर्वाचनमा जानुपर्ने बताए । निर्वाचनका लागि दलहरुबीच सहमति कायम गर्न पार्टीले पहल समेत गर्ने सञ्चारकर्मीलाई उनले जानकारी दिए । 

बैठकमा पार्टीका सभापति देउवा, वरिष्ठ नेता पौडेल, महामन्त्री डा कोइराला लगायतका नेताको सहभागिता रहेको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड