३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छुट्टिएको १६ महिनापछी प्रचण्ड र बाबुरामले भने- अब हामी मिल्छौं (फोटो फिचर)

११ पुष २०७३, सोमबार ०७:१५


पुस ११, काठमाडौं । प्रदर्शनीमार्गस्थित पुलिस क्लबमा आयोजित एक कार्यक्रममा बाबुराम र प्रचण्डलाई एउटै मञ्चमा देखिए । यो संयोग माओवादीका स्वर्गीय नेता सांसद भक्ति पाण्डेको किताब ‘चाचा जी’को सार्बजनिकीकरण कार्यक्रममा जुरेको हो ।

 माओवादीबाट १६ महिना अघि छुट्टिएका डा. बाबुराम भट्टराई र प्रचण्ड आज छुट्टिएपछी पहिलो पटक एउटै मंचमा भेटिएका हुन् । उनीहरु एकै मंचमा यसरी देखिए जो सामान्य थिएन । एक अर्कामा निकै प्रेमभाव छ जसरी मुस्कान साटा-साट भएको देखिन्थ्यो । जुन हामीले खिचेको तलका तश्विरहरुमा पनि झल्किएको छ । उनीहरुको त्यो दृश्य त्यसैमा सिमित रहेन हुनिहरुले मंचबाटै उद्घोष गरे – 'अब हामी मिल्छौ' । उनीहरुले आफूहरु एकअर्काका परिपूरक भएको समेत खुलस्त पारे । उनिहरुले अहिलेसम्मको उपलब्धी रक्षाका लागि प्रचण्ड र बाबुराम मिल्नुको विकल्प नभएको समेत बताए ।

कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्ड र नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले फेरि एकै ठाउँमा आउने संकेत समेत गरे  । कार्यक्रममा प्रचण्ड र बाबुराम दुबैले आफूहरुबीच व्यक्तिगत वैमनश्यता नभएको भन्दै फेरि पनि एकै ठाउँमा उभिने परिस्थिति बनेको बताए।

कार्यक्रममा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अहिले संविधान कार्यान्वयनको चुनौति भएको भन्दै परिस्थितिले फेरि पनि भट्टराई र आफु एकै ठाउँमा उभिने स्थिति आएको बताए । उनले भने – 'हामी एकै ठाउँमा उभिन नसक्ने हो भने परिवर्तन उल्टिने खतरा छ । एक हुनुको विकल्प छैन ।' 

यता प्रचण्डले बोलेपछि बोल्दै पुर्ब प्रधानमन्त्री तथा नयाँ शक्ति अध्यक्ष डा. भट्टराईले आफु छुट्टिनु परिस्थिति भएको भन्दै आफुले प्रचण्डलाई सजिलो बनाइदिएको बताए । उनले भने 'उपलब्धि गुम्न नदिन हामी मिल्छौं । मिल्नुको विकल्प छैन ।'

प्रचण्ड र बाबुराम बोल्नु अघि बोलेका माओवादी नेता दीनानाथ शर्माले प्रचण्ड र बाबुराम अलग भएर गल्ती गरेको भन्दै मिल्न आग्रह गरेका थिए ।

तश्विरहरु हेर्नुहोस





तश्विर: गोपीकृष्ण चापागाई/सास (काठमाडौँ)


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ