मोहम्मद ईजहार शेष | पुस ११, परासी | नेपाली काग्रेसका केन्द्रीय सदस्य एवँ पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कण्डेलले सवै कार्यकर्तालाई ईमान्दार भएर पार्टी संगठन निर्मा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मोहम्मद ईजहार शेष | पुस ११, परासी | नेपाली काग्रेसका केन्द्रीय सदस्य एवँ पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कण्डेलले सवै कार्यकर्तालाई ईमान्दार भएर पार्टी संगठन निर्मा"/>
११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

आगामी निर्वाचनका लागि तयार रहनुस्ः कण्डेल

११ पुष २०७३, सोमबार १४:२३

मोहम्मद ईजहार शेष | पुस ११, परासी | नेपाली काग्रेसका केन्द्रीय सदस्य एवँ पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कण्डेलले सवै कार्यकर्तालाई ईमान्दार भएर पार्टी संगठन निर्माण र विस्तार अभियानमा सक्रिय हुन निर्देशन दिनुभएको छ । नेपाली काग्रेस क्षेत्र नं. ४ नवलपरासीको क्षत्रिय बृहत भेलालाई सम्बोधन गर्दै केन्द्रिय सदस्य कण्डेलले आगामी निर्वाचनका लागि पनि तयार रहन आग्रह गर्नुभयो ।  

सो भेलाले पार्टी संगठनलाई बलियो बनाउन सवै कार्यकर्ता ईमान्दार हुनुपर्ने र घर घरमा पुगि पार्टीको निति, सिद्धान्त र कार्यदिशाबारे अवगत गराउन सके संगठन बलियो र सदृणीकरण हुनुका साथै कार्यकर्तामा उत्साह थपिने निष्कर्स निकालेको छ । भेलामा सम्बोधन गर्दै नेपाली काग्रेस क्षेत्र नं. ४ का सभापति नरेन्द्रकुमार गुप्ताको अध्यक्षतामा भएको सो भेलामा जिल्ला सभापति विष्णु लामिछाने, पार्टीका महाधिवेशन प्रतिनिधिहरु, महासमिति सदस्यहरु, जिल्ला सचिव तथा पदाधिकारी एवँ जिल्ला सदस्यहरु, क्षत्रिय पदाधिकारी तथा सदस्यहरु, क्षेत्र नं. ४ अन्तरगत पर्ने रामग्राम र सुनवल नगरपालिका तथा अमरौट, बन्जरिया, हकुई, शुक्रौली, रामनगर गाविसका अध्यक्षहरु लगायतको सहभागिता रहेको क्षेत्रिय सदस्य एवँ प्रचार विभाग प्रमुख धनेश्वर श्रेष्ठले जानकारी दिनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह