३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आर्थिक समृद्धिका लागि राजनीतिक लोडसेडिङ हटाउनुपर्छ: ऊर्जामन्त्री

१२ पुष २०७३, मंगलवार ०७:४९

पुस १२, काठमाडौँ । ऊर्जामन्त्री जनार्दन शर्माले मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अगाडि बढाउन र व्यापार घाटा घटाउन जलविद्युत् क्षेत्रको समग्र विकास जरुरी रहेको बताएका छन् । 

अनेरास्ववियु (क्रान्तिकारी) पाटन संयुक्त क्याम्पसले आयोजना गरेको स्वागत, बिदाइ तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकको आर्थिक समृद्धिका लागि आफूले सानो प्रयास थालनी गरेको र त्यसलाई सफलतामा पु¥याउन समाजका सबै तह र तप्काको उत्तिकै सहयोग जरुरी रहेको बताए । 

काठमाडौँ उपत्यकालाई मात्रै विद्युत्भार कटौतीमुक्त गर्दा त्यसले समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सफल भएको छ भन्दै उनले आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा रहेको जलविद्युत् क्षेत्रमा सबै नेपालीले सहज रुपमा लगानी गर्न सक्ने गरी कार्यविधि बनाइएको उल्लेख गरे । 

‘नेपालको पानी जनताको लगानी’ भन्ने नारा तय गरेर एकाध वर्षभित्र उल्लेख्य मात्रामा जलविद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम अगाडि बढेको जानकारी दिँदै मन्त्री शर्माले केही समयभित्रै बूढीगण्डकी, नलसिंहगाड, अरुण, सुनकोसीजस्ता आयोजना सुरु गर्ने तयारीमा सरकार रहेको बताए । 

सामान्य रुपमा बिजुली बाल्ने मात्रै नभई आर्थिक समृद्धिका लागि विद्युत्को उपभोगसमेत बढाउनुपर्नेमा जोड दिँदै उहाँले १० हजार मेगावाट विद्युत् मुलुकभित्रै खपत गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । 

राजनीतिक नेतृत्वमा इच्छाशक्ति भए मुलुकको परिवर्तन गर्न कुनै पनि समस्या छैन भन्दै उहाँले त्यसका लागि राजनीतिमा जारी रहेको ‘राजनीतिक लोडसेडिङ’को समेत अन्त्य गर्नुपर्ने बताए । 

सो अवसरमा पाटन संयुक्त क्याम्पसका प्रमुख अमन श्रेष्ठले प्राज्ञिक क्षेत्रबाट जलविद्युत् क्षेत्रको विकास र आर्थिक समृद्धिका लागिसहयोग गर्न आफूहरु तयार रहेको बताए । 

अनेरास्ववियु (क्रान्तिकारी)का उपाध्यक्ष रञ्जित तामाङले सरकारले योजना दिए सम्पूर्ण विद्यार्थीलाई जलविद्युत् क्षेत्रको विकासमा लगाउन आफूहरुले पहल गर्ने बताए । कार्यक्रममा गायक बाबु बोगटीले गीतमार्फत युवा तथा विद्यार्थीलाई सिर्जनशील र सक्रिय बन्न आग्रह  गरेका थिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ