११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बागचौर नगरमा विप्लब माओवादीको सम्मेलन

१२ पुष २०७३, मंगलवार १२:२५

पुस १२, सल्यान । जिल्ला सम्मेलन नजिकिदै गर्दा जिल्लाव्यापी अभियानमा हिडेको नेकपा माओवादीले जिल्लाका विभिन्न स्थानमा गाउ भेला तथा सम्मेलन गरिरहेको छ । 

आगामी पुस १९ र २० गते जिल्ला सम्मेलनको लागि मिती तोकेको विप्लव नेतृत्वको माओवादीले आज पनि विभिन्न स्थानमा भेला तथा सम्मेलन गरेको जनाएको छ । आज माओवादीले वागचौर नगरपालिकोको सम्मेलन गरेको छ । सम्मेलनले भद्र डिसी टाइगरको अध्यक्षतामा ३१ सदस्यीय नगर कमिटी निर्माण गरेको छ । 

कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका जिल्ला सेक्रेटरी डिल्लीराज शर्मा विश्वले एकिकृत क्रान्तीको निरन्तरतामा पार्टीका भेला सम्मेलन हरु गरेको बताएका छन । 

आफुले काठमान्डौमा फाल्गुण १ गते उद्घाटन गरेर थवाङ आएर ७ गते सम्म गर्ने आठौ राष्ट्रिय अधिवेशनले पार्टीलाई नयाँ उचाईमा पुर्याउने भन्दै आफ्नो सबै शक्ती त्यता केन्द्रित भएको बताएका छन । भ्रष्ट र दलाललाई कार्वाही गर्ने काम कुनै हातलमा नरोकीने बताएका विश्वले आफुलाई सरकारले हतोत्साहित पार्न कार्यकर्ता गिरप्तार गरिरहेको बताएका छन । 

कार्यक्रममा अर्का वक्ता सहसेक्रेटरी लोकपाल केसी ले सर्वोच्च अदालतमा सुरक्षाफौजका अगाडि त भ्रष्टाचारिलाई छाडिएन भने अन्य स्थानमा भ्रष्टाचार गर्नेहरुले चुरीफुरी नगर्न भनेका छन । 

त्यस्तै अभियानमै क्रियाशिल विद्यार्थी अध्यक्ष कमल वलीको समूहले विभिन्न विद्यालयमा संगठन निर्माण गरेको जनाएको छ । आज त्रिभुवन जनता मावि मार्केमा दिपेन्द्र कवरको अध्यक्षतामा ५५ सदस्यीय मावि इकाइ गठन गरेको अखिल क्रान्तिकारीका जिल्ला सदस्य टंक प्रकाश केसीले जनाएका छन । 

इकाईको उपाध्यक्षमा धन बहादुर रेउले र भिमी पुन मगर, सचिवमा शोभा बस्नेत, सहसचिवमा लक्ष्मी राना र  कोषाध्यक्षमा टीका पुन रहेका छन । कार्यक्रममा संगठनका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष कमल वली, पार्टीका जिल्ला सदस्य जीवन पुन मगर लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह