२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकार र मधेसी मोर्चाबीच नयाँ सहमति – गतिरोध अन्त्य हुने संकेत

२०७३, १३ पुष बुधबार ००:२८

पुस १३, काठमाडौं | तत्काल निर्वाचनमा जोड दिएको बिपक्षी दल एमाले अहिले संसोधनको बिरोध गर्दै आन्दोलनमा छ । उसको आन्दोलनका कारण बिशेष गरि प्रदेश नम्बर ५ मा दैनिक बिभिन्न बिरोधका कार्यक्रमहरु भएका छन् । 

यसैबीच एमालेलाई सहमतिमा ल्याउन बिभिन्न कसरतहरु भएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्तारूढ दलहरु माओवादी केन्द्र, नेपाली कांग्रेस, मधेसी मोर्चा र संघीय गठबन्धनमा आवद्ध भएका बिभिन्न दलहरूबीच भएको संयुक्त बैठकले संविधान संशोधन गरेर निर्वाचनमा जाने निर्णय गरेको छ । बैठकमा संविधान संशोधन सम्बन्धी विधेयक र निर्वाचन एकसाथ अघि बढाउने तयारी सहित नयाँ सहमति भएको हो ।

पछिल्लो समय संसोधनको बिरोध गर्दै एमालेले निरन्तर संसद बहिस्कार गर्दै आएकोमा सरकार-मोर्चा बैठकले संसद अबरोध नगर्न समेत एमालेलाई आग्रह गर्ने भएको छ । बैठकमा मोर्चा निर्वाचनमा जान तयार देखिएपछी निर्वाचनसँगै संसोधनको प्रक्रिया पनि अघि बढाउन सकिने र यो प्रस्ताव एमालेले मान्ने विश्वास कांग्रेस-माओवादीले लिएका छन्  । 

पछिल्लो सहमति एमालेले मानेमा अब स्थानीय निर्वाचन, संविधान संशोधन र महाअभियोग जस्ता मुख्य विषयहरु टुंगो लाग्नेछ । यसै बिषयमा मोर्चाका एक नेता राजेन्द्र महतोले संविधान संशोधन गरेर निर्वाचनमा जाने विषयमा मोर्चा र सत्तारुढ दलबीच सहमति भएकोले अब एमालेले संसदको अबरोध खोल्नुपर्ने धारणा राखेका छन् । उनले अब पनि एमालेले संसद खुलाउन नचाहे एमाले आफै संबिधान कार्यान्वयनमा जिम्मेवार नभएको देखिने बताए ।

सत्तारूढ दल र मोर्चाबिचको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, नेताहरु रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, संशांक कोइराला, प्रकाशमान सिंह, माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा ‘बादल’, मातृका यादव, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी