२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकार र मधेसी मोर्चाबीच नयाँ सहमति – गतिरोध अन्त्य हुने संकेत

१३ पुष २०७३, बुधबार ००:२८

पुस १३, काठमाडौं | तत्काल निर्वाचनमा जोड दिएको बिपक्षी दल एमाले अहिले संसोधनको बिरोध गर्दै आन्दोलनमा छ । उसको आन्दोलनका कारण बिशेष गरि प्रदेश नम्बर ५ मा दैनिक बिभिन्न बिरोधका कार्यक्रमहरु भएका छन् । 

यसैबीच एमालेलाई सहमतिमा ल्याउन बिभिन्न कसरतहरु भएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्तारूढ दलहरु माओवादी केन्द्र, नेपाली कांग्रेस, मधेसी मोर्चा र संघीय गठबन्धनमा आवद्ध भएका बिभिन्न दलहरूबीच भएको संयुक्त बैठकले संविधान संशोधन गरेर निर्वाचनमा जाने निर्णय गरेको छ । बैठकमा संविधान संशोधन सम्बन्धी विधेयक र निर्वाचन एकसाथ अघि बढाउने तयारी सहित नयाँ सहमति भएको हो ।

पछिल्लो समय संसोधनको बिरोध गर्दै एमालेले निरन्तर संसद बहिस्कार गर्दै आएकोमा सरकार-मोर्चा बैठकले संसद अबरोध नगर्न समेत एमालेलाई आग्रह गर्ने भएको छ । बैठकमा मोर्चा निर्वाचनमा जान तयार देखिएपछी निर्वाचनसँगै संसोधनको प्रक्रिया पनि अघि बढाउन सकिने र यो प्रस्ताव एमालेले मान्ने विश्वास कांग्रेस-माओवादीले लिएका छन्  । 

पछिल्लो सहमति एमालेले मानेमा अब स्थानीय निर्वाचन, संविधान संशोधन र महाअभियोग जस्ता मुख्य विषयहरु टुंगो लाग्नेछ । यसै बिषयमा मोर्चाका एक नेता राजेन्द्र महतोले संविधान संशोधन गरेर निर्वाचनमा जाने विषयमा मोर्चा र सत्तारुढ दलबीच सहमति भएकोले अब एमालेले संसदको अबरोध खोल्नुपर्ने धारणा राखेका छन् । उनले अब पनि एमालेले संसद खुलाउन नचाहे एमाले आफै संबिधान कार्यान्वयनमा जिम्मेवार नभएको देखिने बताए ।

सत्तारूढ दल र मोर्चाबिचको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, नेताहरु रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, संशांक कोइराला, प्रकाशमान सिंह, माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा ‘बादल’, मातृका यादव, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली