५ कार्तिक २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेसहितका विपक्षी दलद्वारा संसद बैठक अवरुद्ध

१३ पुष २०७३, बुधबार १०:४८

पुस १३, काठमाडौँ । नेकपा (एमाले)लगायतका प्रतिपक्ष दलको अवरोधका कारण व्यवस्थापिका–संसद्को आजको बैठक पनि प्रभावित रह्यो । 

सरकारले गत मङ्सिर १४ गते नेपालको संविधान संशोधनको लागि व्यवस्थापिका–संसद् सचिवालयमा प्रस्ताव दर्ता गराएसँगै प्रमुख प्रतिपक्ष एमालेलगायतका दलले संसद्को बैठक निरन्तररुपमा अवरोध गर्दै आएका छन् । 

सभामुख ओनसरी घर्तीले अपराह्न ३ बजेका लागि निर्धारित आजको बैठक प्रारम्भ भएको घोषणा गर्ने साथ प्रमुख प्रतिपक्षसहितका दलका सांसद आआफ्नो ठाउँबाट उठेर विरोध जनाउनुभएको थियो । 

त्यसको लगत्तै सभामुख ओनसरी घर्तीले नेपाल परिवार दलका सांसद एकनाथ ढकाललाई बोल्न समय प्रदान गरे ।  बैठकमा सरकारले भाषा, नागरिकतालगायतका विषयमा संशोधनको प्रस्ताव अघि सारे पनि त्यसको औचित्य पुष्टि हुन सकेको बताए । 

यो संशोधनको प्रस्ताव राष्ट्रियता र अखण्डताको पक्षमा नरहेको हुँदा यसलाई फिर्ता लिन सरकारसंग आग्रह गरे । सांसद ढकालले यो प्रस्ताव नेपालीका लागि ल्याएको हो कि विदेशीको हितका लागि ल्याएको हो भनी प्रश्न गर्दै प्रस्ताव फिर्ता लिएर सहमतिको वातावरण बनाउन सुझाव दिए । 

संविधान संशोधनको प्रस्ताव फिर्ता लिएर निर्वाचनको वातावरण नबनाएसम्म अवरोध जारी नै राख्ने छौँ– सांसद ढकालले भने । 

त्यसको लगत्तै राजनीतिक दलको सहमति र सहकार्यमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको स्मरण गराउँदै सभामुख घर्तीले सदनको कार्यसूचीलाई अघि बढाउने सन्दर्भमा सहयोग पु¥याउन आग्रह  गरे । 

व्यवस्थापिका–संसद् सबै जनताको भावना राख्ने प्रमुख थलो भएको हुँदा संविधान संशोधन विधेयक दर्ता पछि उत्पन्न परिस्थितिलाई सहमतिका लागि दललाई प्रसस्तै समय प्रदान गरेको कुरा बताउँदै उनले सदन सुचारु गरी जनताको पक्षमा निर्णय गर्ने कार्यमा सहयोग गर्न अनुरोध गरे । 

सभामुख ओनसरी घर्तीले निरन्तरको संसद्को अवरोध हटाउन तथा दलहरुबीच देखिएको तिक्तता र अविश्वासलाई अन्त्य गरी सहमति जुटाउन प्रयास  गरिरहेका छन । संसद् अवरोध गर्ने क्रममा प्रमुख प्रतिपक्षले झन्डै ६ मिनेट उभिएर विरोध जनएका थिए । 

मधेस केन्द्रित दलको मागलाई सम्बोधन गर्न संविधान संशोधन प्रस्तावलाई अघि बढाउन सत्तारुढ नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले गरेको आग्रहलाई प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले अस्वीकार गर्दै आएको छ । 

संशोधन प्रस्तावमा प्रदेशको सीमाङ्कन, भाषा, नागरिकता र राष्ट्रियसभामा समानुपातिक प्रतिनिधित्वजस्ता विषय परेका छन् । प्रमुख प्रतिपक्षले संशोधन प्रस्ताव संविधानको भावना र नेपाली जनताको चाहना विपरीत भएको हुँदा अघि बढाउन नमिल्ने तर्क गरिरहेको छ । 

आजको कार्यसूची 

सदनको आजको कार्यसूचीमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय शङ्कर नायकले नेपालको संविधानको दोस्रो संशोधन २०७३ प्रस्तुत गर्ने विषय परेको थियो । 

अख्तियार अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीउपर महेन्द्रबहादुर शाहीसहित १५७ जनाले दर्ता गरेको महाभियोगको प्रस्ताव माथिको छलफल जारी रहने विषय पनि आजको कार्यसूचीमा समावेश थियो । 

त्यस्तै, उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तह निर्वाचन विधेयक २०७३ र निर्वाचन कसुर तथा सजय विधेयक २०७३ सदन समक्ष प्रस्तुत गर्ने कार्यसूची थियो । 

यद्यपि दलले वार्तालाई औपचारिक र अनौपचारिक हिसाबले निरन्तरता दिने र छलफलाई जारी राखिने भन्दै आएका छन् । व्यवस्थापिका–संसद्को अर्काे बैठक यही पुस १४ गते बिहीबार दिनको १ बजे बस्ने छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माल्दिभ्सविरुद्ध नेपाललाई सुरुवाती अग्रता, प्रिति राईले गरिन् गोल भुटानी शरणार्थी काण्ड खोतलेपछि सरकार ढालियो : प्रचण्ड देउवाले रोके दल विभाजनसम्बन्धी अध्यादेश सहकारी ठगी : छविलाल जोशीलाई बुटवल ल्याइयो माल्दिभ्सविरुद्ध खेल्ने नेपालको प्लेइङ-११ सार्वजनिक, एञ्जिला र साम्बा बेन्चमा ५ लाख धरौटीमा रिहा भए सुलेमान शंकर ‘इकु’ बेहुली फ्रम मेघौली’ बुधबार ओटिटी प्लेटफर्ममा रिलिज हुँदै रवि लामिछानेको बयान सुरू सेरेस ब्राण्ड विद्युतीय गाडीमा धुँवा निस्किएकोबारे के भन्छ कम्पनी ? स्कटल्यान्डका मक्मलेन सुदूरपश्चिम रोयल्समा आबद्ध ओलीलाई माधव नेपालको चेतावनी: खबरदार ! हाम्रो पार्टीलाई टुक्राउने दुस्साहसको परिणाम राम्रो हुँदैन जम्मु कश्मीरमा आतंकवादी हमला, एक डाक्टरसहित सात मजदुरको मृत्यु रास्वपाको आन्दोलनमा समर्थन जनाउन पोखरा नजाने दुर्गा प्रसाईंको घोषणा, अरुलाई पनि नजान आग्रह मैले नेकपा एस छाडिसकेँ, एमालेमा किमार्थ जान्नँ: प्रेम आले दीपक मनाङेले अस्वीकार गरेको वन मन्त्रालय कांग्रेसका पौडेलको पोल्टामा मेलामा केटी साथी भेट्न नदिएको निहुँमा विवाद, आफ्नै पाँच साथीले गरे कृष्णकुमारको हत्या पार्टीको परीक्षण सामाजिक सञ्जालले होइन, निर्वाचनले गर्छ: शंकर पोखरेल १२ गाउँ’ को सिक्वेल बन्दै, ‘बलिदान’पछि निर्माण सुरु गरिने आज पनि ६ सय रुपैयाँले महँगियो सुन, चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम ! नेपालद्वारा अमेरिकाविरुद्धको टी–२० सिरिज क्लिनस्वीप