ताराबहादुर महत/पुस १४, दोलखा । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको शेयर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी कार्यकर्तालाई निःशुल्क बाँड्न लागेको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत/पुस १४, दोलखा । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको शेयर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी कार्यकर्तालाई निःशुल्क बाँड्न लागेको"/>
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तामाकोशी शेयरमाथि चलखेल नगर्न प्रधानमन्त्रीलाई सांसदको चेतावनी

१४ पुष २०७३, बिहीबार ०९:२२

ताराबहादुर महत/पुस १४, दोलखा । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको शेयर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी कार्यकर्तालाई निःशुल्क बाँड्न लागेको भन्दै दोलखाका सांसदहरुले गम्भिर ध्यानाकर्षण भएको जनाएका छन ।

स्वदेशी लगानीमा निमार्णाधिन आयोजनामा गलत हर्कत गर्न खोजे आउने परिणामको हेक्का राख्न समेत चेतावनी दिएका छन । एमाले पोलिटब्युरो सदस्य तथा सांसद पशुपति चौँलागाँई, पुर्व पर्यटन मन्त्री समेत रहनुभएका दोलखा क्षेत्र नम्बर २ का सांसद आनन्द प्रसाद पोखरेल र एमाले केन्द्रिय कमिटी सदस्य तथा क्षेत्र नम्बर १ का सांसद पार्वत गुरुङले आज काठमाण्डौंमा संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरी यस्तो चेतावनी दिएका हुन् । 

प्रधानमन्त्री जस्तो जिम्मेवार पदमा आसिन व्यक्तिले वर्तमान कम्पनी ऐनको प्रावधानलाई समेत कुल्चेर आम जनताको अधिकारलाई खोस्ने प्रयत्न गर्नु अदालती प्रक्रियाका लागि समेत चुनौती खडा भएको सांसदहरुको भनाई छ ।

पुर्व निर्धारित समयमा निमार्ण सम्पन्न हुन नसकेको आयोजनालाई पछिल्लो पटक तोकिएको समयमा सम्पन्न गराई देशमा व्याप्त उर्जा संकट न्युनिकरणका लागि प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति फिर्ता सांसदहरुले आग्रह गरेका छन । दोलखाली जनतालाई दिने भनिएको १० प्रतिशत साधरण शेयर प्रति व्यक्ति ३५ कित्ता मात्र पर्ने र भुकम्पबाट आक्रान्त बनेका दोलखाली जनताले निःशुल्क शेयरको अपेक्षा गरेकोले त्यता तर्फ प्रधानमन्त्रीको ध्यानाकर्षण गराईएको छ । 

गत कार्तिक तेश्रो साता माथिल्लो तामाकोशी आयोजनाको निरिक्षणमा आउनुभएका प्रधानमन्त्री दाहालले आयोजनालाई सरकारले दिएको ११ अर्ब ८० करोड ऋण बराबरको शेयर माओवादी पुर्व लडाकु, शहिद तथा विपन्न परिवारलाई वितरण गर्ने आश्वासन दिनुभएको थियो । 

राजधानी फर्के लगत्तै दाहालले त्यसका लागि मापदण्डको मस्यौदा बनाउन कर्मचारीलाई निर्देशन दिएको खबरहरु केहि दिनअघि विभिन्न संचार माध्यमबाट प्रकाशित तथा प्रशारित भएका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’