पुस १४, काठमाडौँ । पूर्व सांसद मञ्च, नेपालले संविधानले व्यवस्था गरेअनुसार तीन तहको निर्वाचन गर्न नेपाल सरकारसँग माग गरेको छ ।

मञ्चले बिहीवार पत्रकार सम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १४, काठमाडौँ । पूर्व सांसद मञ्च, नेपालले संविधानले व्यवस्था गरेअनुसार तीन तहको निर्वाचन गर्न नेपाल सरकारसँग माग गरेको छ ।

मञ्चले बिहीवार पत्रकार सम"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तोकिएको मितिमै तीन तहको निर्वाचन गर्न पूर्व सांसद मञ्चको माग

१४ पुष २०७३, बिहीबार १२:२१

पुस १४, काठमाडौँ । पूर्व सांसद मञ्च, नेपालले संविधानले व्यवस्था गरेअनुसार तीन तहको निर्वाचन गर्न नेपाल सरकारसँग माग गरेको छ ।

मञ्चले बिहीवार पत्रकार सम्मेलनको आयोजना गरी नेपालको संविधानको धारा २९६ ले गरेको व्यवस्थाअनुसार रुपान्तरित व्यवस्थापिका–संसद्को कार्यकाल २०७४ साल माघ ७ गतेसम्म मात्र भएको हुँदा सो समयभित्र तीनै तहको निर्वाचन गर्न माग गरेको हो ।

मञ्चले निर्वाचन गर्न संविधानको धारा २६८ बमोजिम दलीय राजनीतिबाट अलग प्रविधिज्ञहरु रहेको निर्वाचन क्षेत्र निर्धारण आयोग अविलम्ब गठन गर्ने गरी निर्वाचनसँग सम्बन्धित सम्पूर्ण कानुन तुरुन्त निर्माण गर्न माग गरेको छ ।

संविधान संशोधन विधेयक असंवैधानिक भनिदिँदा सदनदेखि सडकसम्म अन्योल र अनिश्चितताको तरङ्ग नै फैलिएको र पार्टी–पार्टीबीच तथा पार्टीभित्र पनि धु्रवीकरण बढ्दै गइरहेको हुँदा सो विधेयकलाई स्थगन गरी निर्वाचनको मिति घोषणा गर्नुपर्ने मञ्चले बताएको छ ।

त्यसैगरी, संविधानको धारा २९३ ९३० बमोजिम गठित गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या र सिमाना निर्धारण आयोगले सरकारलाई प्रतिवेदन बुझाउन लागेको हुनाले त्यसलाई ग्रहण गरी अधिकतम सहमतिका आधारमा निर्वाचनको मिति घोषणा गर्न मञ्चले ध्यानाकर्षण गराएको छ ।

संविधान संशोधन विधेयक असंवैधानिक भनिदिँदा सदनदेखि सडकसम्म अन्योल र अनिश्चितताको तरङ्ग नै फैलिएको र पार्टी–पार्टीबीच तथा पार्टीभित्र पनि धु्रवीकरण बढ्दै गइरहेको हुँदा सो विधेयकलाई स्थगन गरी निर्वाचनको मिति घोषणा गर्नुपर्ने मञ्चले बताएको छ ।

मञ्चका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठले संविधान संशोधनको विवादित विषयलाई थाती राखेर तीन तहको निर्वाचन गराउन सरकारसँग माग गर्नुभयो ।

मञ्चले संविधान संशोधनको विषय असंवैधानिक भएको भन्दै सभामुख ओनसरी घर्तीको ध्यानाकर्षण गरेको छ भने सर्वोच्च अदालतमा समेत रिट निवेदन दायर गरेको छ । सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि यही पुस १७ गते बोलाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’