२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली समाजलाई विखण्डनतर्फ जान दिनुहुँदैन : सचिव भट्टराई

२०७३, १५ पुष शुक्रबार ०८:०३

पुस १५, काठमाडौँ । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले संविधान संशोधनको प्रस्ताव मुलुकको हितमा नरहेकाले यसबारे जनतालाई सुसूचित गर्नुपर्नेमा जोड दिनुभएको छ । 

प्रेस चौतारी नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले भौगोलिक विविधताका बाबजुद पनि मिलेर बसेका नेपाली समाजलाई विखण्डनतर्फ लैजाने उद्देश्यले ल्याइएको सो प्रस्तावविरुद्ध नेकपा ९एमाले०को नेतृत्वमा विभिन्न नौ दलले यही पुस २२ गते सभा गर्न लागेको जानकारी दिनुभयो । 

पार्टी प्रचार विभागका उपप्रमुख सूर्य थापाले नौ दलले देश र जनताको स्वतन्त्रता र स्वाभिमानको पक्षमा लडाइँ सुरु गरेकाले त्यस्तो अभियानलाई प्रेसले निष्पक्ष रुपमा साथ दिनुपर्नेमा जोड दिनुभयो । 

सोही विभागका सचिव विष्णु रिजालले नौ दलले संयुक्त रुपमा गर्न लागेको सभा तथा आन्दोलनले मुलुकलाई विखण्डन गर्न चाहने स्वदेशी तथा विदेशी तत्वलाई ठूलो शिक्षा हुने विचार व्यक्त गर्नुभयो । 

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले मुलुकमा विद्यमान समस्याको निकासका लागि विभिन्न नेता तथा नागरिक समाजका प्रतिनिधिसँग काठमाडौँ उपत्यकामा शनिबारदेखि बिहीबारसम्म छलफल तथा अन्तक्र्रिया गरिने जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट