४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली समाजलाई विखण्डनतर्फ जान दिनुहुँदैन : सचिव भट्टराई

१५ पुष २०७३, शुक्रबार ०८:०३

पुस १५, काठमाडौँ । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले संविधान संशोधनको प्रस्ताव मुलुकको हितमा नरहेकाले यसबारे जनतालाई सुसूचित गर्नुपर्नेमा जोड दिनुभएको छ । 

प्रेस चौतारी नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले भौगोलिक विविधताका बाबजुद पनि मिलेर बसेका नेपाली समाजलाई विखण्डनतर्फ लैजाने उद्देश्यले ल्याइएको सो प्रस्तावविरुद्ध नेकपा ९एमाले०को नेतृत्वमा विभिन्न नौ दलले यही पुस २२ गते सभा गर्न लागेको जानकारी दिनुभयो । 

पार्टी प्रचार विभागका उपप्रमुख सूर्य थापाले नौ दलले देश र जनताको स्वतन्त्रता र स्वाभिमानको पक्षमा लडाइँ सुरु गरेकाले त्यस्तो अभियानलाई प्रेसले निष्पक्ष रुपमा साथ दिनुपर्नेमा जोड दिनुभयो । 

सोही विभागका सचिव विष्णु रिजालले नौ दलले संयुक्त रुपमा गर्न लागेको सभा तथा आन्दोलनले मुलुकलाई विखण्डन गर्न चाहने स्वदेशी तथा विदेशी तत्वलाई ठूलो शिक्षा हुने विचार व्यक्त गर्नुभयो । 

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले मुलुकमा विद्यमान समस्याको निकासका लागि विभिन्न नेता तथा नागरिक समाजका प्रतिनिधिसँग काठमाडौँ उपत्यकामा शनिबारदेखि बिहीबारसम्म छलफल तथा अन्तक्र्रिया गरिने जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा