३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्र जोगाउने चिन्ता काँग्रेसलाई : वरिष्ठ नेता पौडेल

१५ पुष २०७३, शुक्रबार १०:०२

पुस १५, पोखरा । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले राष्ट्र जोगाउने चिन्ता काँग्रेसमाथि आइपरेको बताउनुभएको छ । 

नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक सङ्घको पश्चिमाञ्चलस्तरीय क्षेत्रीय भेला एवम् अधिवेशनको आज यहाँ उद्घाटन गर्दै राष्ट्र र लोकतन्त्रप्रति नंै  षड्यन्त्र भइरहेकाले यी दुबैको अस्तित्व जोगाउने जिम्मा काँग्रेसको काँधमा आएको छ भन्नुभयो । 

वरिष्ठ नेता पौडेलले वामपन्थी र दरवारीयाहरुले धेरै भ्रम फिजाए पनि नेपाली काँग्रेस भने राष्ट्रियता र प्रजातन्त्रको आदर्शमा अटुट रुपमा अघि बढेको विचार व्यक्त गर्दै असल चरित्र, संस्कार र धर्मको बाटोमा अघि बढे काँग्रेसलाई कहिल्यै पनि कसैले पराजित गर्न नसक्ने दृढता व्यक्त गर्नुभयो । 

मधेसवादी दलहरुको असन्तुष्टीलाई मिलाएर लैजाने चिन्ता पनि काँग्रेसमा रहेको बताउँदै उहाँले राष्ट्र र जनताको सेवकरुपमा काम गर्न पशु स्वास्थ्य सेवाका प्राविधिकलाई निर्देशन पनि दिनुभयो । 

वरिष्ठ नेता पौडेलले कर्मचारीको पेसागत हकहितका लागि काँग्रेस सधँै साथमा रहने बताउँदै देशमा कृषि र पशुपालन क्षेत्रमा अपार सम्भावना रहेको धारणा व्यक्त गर्नुभयो । 

धेरै युवा विदेशवाट सिकेको सीप र ज्ञान प्रयोग गर्दै व्यावसायिक रुपमा यस क्षेत्रमा लागेकोमा उहाँले खुसी व्यक्त गर्नुभयो । 

कार्यक्रममा सांसद शारदा पौडेल र बद्री पाण्डेले पशु प्राविधिकले जनताको घरघरमा गई उनीहरुको आर्थिक उन्नति गराउन बढी अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । 

सङ्घका पश्चिमान्चल संयोजक प्रताप पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा केन्द्रीय महासचिव सुरेश श्रेष्ठ र सल्लाहकार हिमालय बख्रेललगायतले पशु स्वास्थ्य सेवाका समस्या र चुनौतीको विविध पक्ष माथि प्रकाश पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’