३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाँच वर्षभित्रमा सबै स्वास्थ्य चौकीमा डाक्टरको नेतृत्व हुन्छः स्वास्थ्यमन्त्री

१५ पुष २०७३, शुक्रबार ११:५९

पुस १५, सोलुखुम्बु । नेपाल सरकारका स्वास्थ्य मन्त्री गगन थापाले आगामी पाँच वर्षभित्रमा देशभरका सबै स्वास्थ्य चौकीमा एमबिविएस डाक्टरको नेतृत्व हुने बताएका छन् ।

पर्यटन व्यवसायी वाङछु शेर्पाको स्मृतिमा याकु फाउन्डेसनले सोलुखुम्बुको टाप्टिङ गाविसमा स्थापना हुन लागेको अस्पतालको शिलान्यास गर्दै उनले अहिले तल्लो तहका स्वास्थ्यकर्मीको नेतृत्व रहेको स्वास्थ्य चौकीमा डाक्टरको उपस्थिति गराएर गाउँघरका नागरिकलाई उपचारका लागि टाढा पुग्नुपर्ने अवस्थाको अन्त्य गरिने बताए ।

मन्त्री थापाले आगामी पाँच वर्षभित्रमा देशभरका सबै स्वास्थ्य चौकीका भवन निर्माण गरिसक्ने बताउँदै बर्सेनि भवन निर्माणमै अल्झदा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा अवरोध हुने भएकाले आगामी पाँच वर्षभित्रमा सबै स्वास्थ्य चौकीको भवन निर्माण गरिसक्ने गरी काम अघि बढिसकेको बताए ।

अहिले स्वास्थ्य क्षेत्रमा धेरै समस्या रहेको भन्दै उनले सबै भन्दा महत्वपूर्ण कुरा नागरिकले पैसाको अभावमा उपचार नपाई मर्नु नपरोस् भनेर स्वास्थ्य बिमा कार्यक्रम सरकारले अघि बढाइएको बताए ।

मन्त्री थापाले सक्नेले वार्षिक दुई हजार ५ सयदेखि आठ/दश हजार रुपैयाँ तिर्ने र नसक्नेको सरकारले तिरेर स्वास्थ्य बिमा गर्दा बिरामी परेका बेलामा साथमा एक रुपैयाँ नभए पनि ढुक्क भएर उपचार गर्न सकिने बताए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’