३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

६ पटक पक्राउपछि जसमान जेल चलान

१६ पुष २०७३, शनिबार ०१:२७

पुस १६, काठमाडौं । महानगरीय प्रहरी कार्यालय अन्तर्गत उपत्यका तीनवटै जिल्ला प्रहरी परिसर, वृत्त र प्रभागको फरार सूचीमा रहेका अभियुक्तहरुको सूचनापाटीमा टासिएका जसमान राईको नाम नाम अब केही वर्षका लागि हटेको छ ।

विशेषगरी राजधानीको ताहाचल, कालिमाटी, कलंकी र वाफल क्षेत्रलाई गुण्डागर्दीको अखडा बनाउँदै आएका जसमानलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि जेल पठाउने आदेश गरेसँगै जसमानको नाम फरार सूचीबाट हट्ने भएको हो । केही महिनाअघि लागू औषध ओसारपसार तथा प्रहरीमाथि आक्रमण गरेको अभियोगमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । 

यसअघि बिजुली बजारमा भएको ग्याङ फाइटमा प्रहरीको गोली लागेका २३ वर्षका जसमानले ३३ जनालाई आक्रमण गरी घाइते बनाएको प्रहरीले जनाएको छ । उनलाई २०७१ सालदेखि ७३ सालसम्म प्रहरीले ६ पटक पक्राउ गरे पनि धरौटीमा छुट्दै आएका थिए । उनलाई गुण्डागर्दी, चन्दा असुली, कटपिट र धम्कीको अभियोग लागेको छ । -गोरखापत्र दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’