२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विज्ञान प्रविधिको समूचित उपयोग गर्नुपर्छ: प्रधानमन्त्री

१६ पुष २०७३, शनिबार ०८:५५

पुस १६, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले विज्ञान प्रविधिको समूचित उपयोग गरी राज्यको विकास र समृद्धि कायम गर्न सक्ने बताउनुभएको छ । 

नेपाल राष्ट्रिय इन्जिनियर सङ्गठनको प्रथम राष्ट्रिय सम्मेलन तथा एकता भेलाको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले पूर्वाधार निर्माण तथा विकासमा प्राविधिकको महत्वपुर्ण भूमिका रहेको बताउनुभयो । उहाँले भूकम्पपछिको पुनःनिर्माणमा खटिएका इन्जिनियरको सुरक्षा र आवश्यकतालाई सरकारले विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

उहाँले देशको समृद्धि र राजनीतिक गतिरोधका सन्दर्भमा सही सन्देश दिन पनि यस सम्मेलन उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । 

सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले मुलुकको विकासका लागि सबै दलको साझा दृष्टिकोणको खाँचो रहेको औँल्याउँदै प्राविधिक जनशक्तिलाई स्वदेशमा नै उपयोग गर्नुपर्ने बताउनुभयो । 

सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले मुलुकलाई स्वाधीन र आत्मनिर्भर बनाउन दक्ष प्राविधिक जनशक्तिको आवश्यकता रहेको उल्लेख गर्दै निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमका लागि २४० इन्जिनियर र प्रत्येक निर्वाचन क्षेत्रमा निर्वाचन क्षेत्र विकास कार्यक्रममा कम्तीमा एक र बढीमा तीन जनासम्म इन्जिनियरलाई रोजगारीको सिर्जना गरिएको बताउनुभयो । 

नेपाल इन्जिनियर एसोसिएसनका अध्यक्ष हरिराम श्रेष्ठ, वरिष्ठ इन्जिनियर डा जीवराज पोखरेललगायतले इन्जिनियरको क्षमता अभिवृद्धि गर्न व्यावसायिक तालिमको जरुरी रहेको विचार व्यक्त गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली