पुस १६, काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले संशोधन विद्येयक कुनै हालतमा पारित नहुने भन्दै त्यसलाई अविलम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १६, काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले संशोधन विद्येयक कुनै हालतमा पारित नहुने भन्दै त्यसलाई अविलम"/>
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संशोधन विद्येयक अघि बढाईए, म विपक्षमा उभिन्छु: रायमाझी

१६ पुष २०७३, शनिबार १०:१०

पुस १६, काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले संशोधन विद्येयक कुनै हालतमा पारित नहुने भन्दै त्यसलाई अविलम्ब फिर्ता लिनुपर्ने माग गरे ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा  रायमाझीले संशोधन विद्येयक कसैको पनि हितमा नरहेको दाबी गर्दै भने,‘यो संशोधन प्रस्तावले कसैको हित गर्दैन्, न त यसले जनताको नै हित गर्छ, न त राष्ट्रको नै, र यो सिमांकन हेरफेरको विषय त झनै संघीयताको मर्म र भावना विपरित छ ।’

उनले यथास्थितिमा आफूले यो प्रस्तावको कुनै हालतमा समर्थन नगर्ने र आफ्नो अडान आजमात्रै नभएर भोलि पनि यो विद्येयकको विरुद्धमा नै रहने जिकिर गरे।

उनले ९० प्रतिशतले जारी गरेको संविधान अहिले आएर एमालेपनि यो विद्येयकको विपक्षमा हुँदा कसरी दुई तिहाई पुग्छ भन्दै प्रश्न समेत गरे। उनले भने,‘एमालेले मात्रै होईन, हामी सरकारमा भएकापनि यो प्रस्तावको विपक्षमा छौं ।’

रायमाझीले आन्दोलनकारीहरुको माँग पूरा गर्नुपर्छ भन्ने पक्षमा आफूहरु अझै पनि गम्भिर रहेको बताउँदै भने,‘आन्दोलनकारीहरुका माँगहरु राष्ट्रिय सहमति जुटाएर सम्बोधन गर्नुपर्छ ।’ उनले अहिले सरकारले ल्याएको प्रदेशको सिमांकन हेरफेरको प्रस्तावले मधेशी मोर्चाको माग पूरा हुनै नसक्ने ठोकुवा गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’