पुस १६, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले सरकारले व्यवस्थापिका–संसदमा दर्ता गराएको संविधान संशोधन विद्येयकमा उल्लेख भएको प्रदेश"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १६, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले सरकारले व्यवस्थापिका–संसदमा दर्ता गराएको संविधान संशोधन विद्येयकमा उल्लेख भएको प्रदेश"/>
२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भोटिङ्बाट आउने परिणाम एमालेलाई स्विकार्य छ: ज्ञवाली

१६ पुष २०७३, शनिबार १०:१९

पुस १६, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले सरकारले व्यवस्थापिका–संसदमा दर्ता गराएको संविधान संशोधन विद्येयकमा उल्लेख भएको प्रदेशको सिमांकनको विषयलाई थाँती राख्ने हो भने बाँकी तीन वटा विषयमा संसदमा छलफल गर्न र भोटिङ्बाट आएको परिणाम स्विकार गर्न एमाले तयार रहेको खुलासा गरेका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा सचिव ज्ञवालीले प्रदेशको सिमांकन संशोधन गर्ने कुरा संघीयताको सिद्धान्त र संविधान विपरित भएको बताउँदै भने,‘प्रदेशको सिमांकन बाहेकका तीन वटा विषयमा संसदमा छलफल गर्न एमाले तयार छ, र भोटिङ्बाट आएको परिणाम एमालेले स्विकार गर्छ, तर सिमांकनको विषयमा एमालेले कम्प्रोमाईज गर्दैन् ।’ यद्धपी उनले नागरिकता, भाषा र राष्ट्रिय सभाको प्रतिनिधित्वको विषयमा संसदमा छलफल गर्न आफ्नो पार्टी तयार रहेको स्पष्ट पारे ।

उनले संशोधन विद्येयकमा उल्लेख गरिएको सिमांकन हेरफेर संविधान विपरित भएकोले सरकारले प्रस्ताव लिए समस्याको समाधान हुने समेत विश्वास दिलाए ।  उनले पहाड र मधेशलाई अलग गर्ने काम कुनै हालतमा स्विकार्य नहुने बताए। ज्ञवालीले सरकारका कारण पछिल्लो समय संघीयताविरोधी जनमत बढिरहरेको भन्दै चिन्ता समेत व्यक्त गरे ।

ज्ञवालीले भने,‘सबैभन्दा राम्रो उपाय भनेको यो विद्येयक फिर्ता लिनुपर्छ, किनकी विद्येयक कुनै हालतमा पारित हुँदैन् ।’ उनले सरकारलाई संशोधन विद्येयक फिर्ता लिन प्रतिष्ठाको विषय भए प्रस्ताव स्थगन् गरेर अघि बढ्नको लागि आफ्नो पार्टीले सहयोग गर्ने समेत बताए ।

उनले संशोधन विद्येयकलाई थाँती राखेर अविलम्ब निर्वाचन सम्बन्धी विद्येयकहरुलाई अघि बढाउन समेत सरकारसँग माग गरे । ज्ञवालीले अघि भने,‘प्रधानमन्त्री के गरेर बसिरहनुभएको छ, पाँच महिना वितिसक्यो खोई त निर्वाचन विद्येयक अघि बढेको ? एमालेले संसद अवरुद्ध गर्दा काम गर्न पाईएन भन्नुभएको हो भने, संशोधन विद्येयक त मंसिर १४ गते दर्ता भएको हो नि, कि प्रधानमन्त्री प्रचण्ड ब्ल्याक लेबल खाएर सुत्नुभएको छ ?’

उनले निर्वाचसम्बन्धी विद्येयकहरु फाष्ट ट्रयाकबाट भएपनि अघि बढाएर भएपनि पारित गर्दै चुनावको मिति घोषणा गरेर पूनः संविधान जारी गर्दाका शक्तिहरुलाई एक ठाउँमा ल्याउनुपर्नेमा जोड दिए ।

एमालेको अवरोधको बावजुदपनि संशोधन विद्येयक अघि बढाउने भनेर सत्तारुढ दलले अभिव्यक्ति दिएको विषयलाई उल्लेख गर्दै उनले भने,‘धम्कीको भाषा नदिए हुन्छ, पेलेरै जाने कुरा नगरे हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली