पुस १७, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ । 

भेटमा प्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १७, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ । 

भेटमा प्"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच गोप्य भेटवार्ता

१७ पुष २०७३, आईतवार १६:२७

पुस १७, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ । 

भेटमा प्रधानमन्त्री प्रचण्डले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव अघि बढाउन सहयोग गर्न अध्यक्ष ओलीसँग आग्रह गर्नुभएको बताइएको छ । प्रधानमन्त्रीले सोमबार सदनमा संशोधन प्रक्रिया अगाडि बढाउने तयारी रहेको भन्दै संसद् अवरोध हटाउन ओलीलाई आग्रह गर्नुभएको थियो । 

जवाफमा अध्यक्ष ओलीले संशोधन प्रस्ताव देश हितविपरित रहेको भन्दै निर्वाचनसम्बन्धी विधेयक अगाडि बढाए मात्रै आफूहरुको सहयोग हुने जवाफ दिनुभएको बताइएको छ । गोप्य राखिएको सो भेटमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीले एक्लाएक्लै लामो समय वार्ता भएको बताइएको छ । 

वार्तामा ठोस सहमति नभए पनि केही विषयमा सहमति नजिकनजिक पुगेको तथा सोमबार सरकार र प्रतिपक्षीबीच संसद्मा असहज स्थिति निम्त्याउन नहुनेमा दुवै नेता एकमत भएको बताइन्छ । 

प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको निजी सचिवालयले भेट भएको स्वीकार गरेपनि त्यसबारे खुलाउन चाहेन । सरकारले संविधान संसोधन प्रक्रिया अगाडि बढाएपछि एमालेसहित आठ दलले निरन्तर संसद् अवरुद्ध गर्दै आएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’