मोहम्मद ईजहार शेष/पुस १८, नवलपरासी । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्व गृह राज्यमन्त्री देवेन्द्ररा कण्डेलले दोस्रो संविधान सभावाट जारी भएको नेपालको सं"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मोहम्मद ईजहार शेष/पुस १८, नवलपरासी । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्व गृह राज्यमन्त्री देवेन्द्ररा कण्डेलले दोस्रो संविधान सभावाट जारी भएको नेपालको सं"/>
२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नेपालको संविधान विगतको आन्दोलनको उपल्बधी: कण्डेल

२०७३, १८ पुष सोमबार ०६:०४

मोहम्मद ईजहार शेष/पुस १८, नवलपरासी । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्व गृह राज्यमन्त्री देवेन्द्ररा कण्डेलले दोस्रो संविधान सभावाट जारी भएको नेपालको संविधान २०७३ विगतको आन्दोलनको उपल्बधी भएको बताउनु भएको छ ।

माउन्टेन टेलिभिजनवाट प्रसारण हुने कार्यक्रम आजको सन्दर्भमा कुराकानी गर्दे केन्द्रिय सदस्य कण्डेलले विभिन्न दलको सहमतिले संविधान जारी गरिएकाले अहिले कार्यन्वयको बेला आएको र सबै दल मिल्नुपर्नेमा जोड दिनुभयो ।

जारी गरिएको संविधानमा मधेसी जनजाती लगायतका विभिन्न समुदायको आन्दोलनले अपरिहार्य भुमिका निर्वाह गरेकाले उनिहरुलाई बाईपास गरेर कार्यन्वयनमा जान नसकिने कण्डेलको भनाई थियो । ब्यवस्थापिका संसदमा दर्ता भएको संविधान संसोधन प्रस्तावको सन्दर्भमा उँहाले प्रस्तावको विषयमा संसदमा छलफल गर्नुपर्ने र प्रजातन्त्रमा विश्वास गर्ने दलहरुले बहुमतमा पनि विश्वास गर्नुपर्ने बताउनु भयो ।

अहिलेको आवश्यक्ता तिन तहको निर्वाचन भएकाले निर्वाचन सम्पन्न गराउनका लागि पनि संविधान संसोधन गरि कार्यन्वयनमा ल्याउनु पर्ने र स्थानीय निकायको निर्वाचन गर्नु आवश्यक रहेकोमा उँहाले जोड दिनुभयो । तराईको नवलपरासी जिल्लावाट केन्द्रकै एक प्रभावशाली नेता रहेका कण्डेले सिमाको संरक्षणमा तराईका जनताको अमुल्य योगदान रहेकाले उनिहरुको जायज मांग सम्बोधन गर्नुमा राज्यले कन्जुस्याई गर्न नहुनेमा उँहाले जोड दिनुभयो ।

सिमा संरक्षणमा नवलपरासीको सुस्तावासी लगायतका सिमावर्ति क्षेत्रका बासीन्दाहरुले वास्तवीक राष्ट्रियता देखाएको भन्दै कण्डेलले उनिहरुको प्रशंसा गर्नुका साथै सिमाको समस्या कुटनितिक तरिकाले समाधान गर्नुपर्नेमा राज्य गम्भीर हुनुपर्ने बताउनु भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी