मोहम्मद ईजहार शेष/पुस १८, नवलपरासी । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्व गृह राज्यमन्त्री देवेन्द्ररा कण्डेलले दोस्रो संविधान सभावाट जारी भएको नेपालको सं"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मोहम्मद ईजहार शेष/पुस १८, नवलपरासी । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्व गृह राज्यमन्त्री देवेन्द्ररा कण्डेलले दोस्रो संविधान सभावाट जारी भएको नेपालको सं"/>
१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नेपालको संविधान विगतको आन्दोलनको उपल्बधी: कण्डेल

१८ पुष २०७३, सोमबार ०६:०४

मोहम्मद ईजहार शेष/पुस १८, नवलपरासी । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्व गृह राज्यमन्त्री देवेन्द्ररा कण्डेलले दोस्रो संविधान सभावाट जारी भएको नेपालको संविधान २०७३ विगतको आन्दोलनको उपल्बधी भएको बताउनु भएको छ ।

माउन्टेन टेलिभिजनवाट प्रसारण हुने कार्यक्रम आजको सन्दर्भमा कुराकानी गर्दे केन्द्रिय सदस्य कण्डेलले विभिन्न दलको सहमतिले संविधान जारी गरिएकाले अहिले कार्यन्वयको बेला आएको र सबै दल मिल्नुपर्नेमा जोड दिनुभयो ।

जारी गरिएको संविधानमा मधेसी जनजाती लगायतका विभिन्न समुदायको आन्दोलनले अपरिहार्य भुमिका निर्वाह गरेकाले उनिहरुलाई बाईपास गरेर कार्यन्वयनमा जान नसकिने कण्डेलको भनाई थियो । ब्यवस्थापिका संसदमा दर्ता भएको संविधान संसोधन प्रस्तावको सन्दर्भमा उँहाले प्रस्तावको विषयमा संसदमा छलफल गर्नुपर्ने र प्रजातन्त्रमा विश्वास गर्ने दलहरुले बहुमतमा पनि विश्वास गर्नुपर्ने बताउनु भयो ।

अहिलेको आवश्यक्ता तिन तहको निर्वाचन भएकाले निर्वाचन सम्पन्न गराउनका लागि पनि संविधान संसोधन गरि कार्यन्वयनमा ल्याउनु पर्ने र स्थानीय निकायको निर्वाचन गर्नु आवश्यक रहेकोमा उँहाले जोड दिनुभयो । तराईको नवलपरासी जिल्लावाट केन्द्रकै एक प्रभावशाली नेता रहेका कण्डेले सिमाको संरक्षणमा तराईका जनताको अमुल्य योगदान रहेकाले उनिहरुको जायज मांग सम्बोधन गर्नुमा राज्यले कन्जुस्याई गर्न नहुनेमा उँहाले जोड दिनुभयो ।

सिमा संरक्षणमा नवलपरासीको सुस्तावासी लगायतका सिमावर्ति क्षेत्रका बासीन्दाहरुले वास्तवीक राष्ट्रियता देखाएको भन्दै कण्डेलले उनिहरुको प्रशंसा गर्नुका साथै सिमाको समस्या कुटनितिक तरिकाले समाधान गर्नुपर्नेमा राज्य गम्भीर हुनुपर्ने बताउनु भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह