पुस १८, भक्तपुर । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले संविधान संशोधनका विषयमा सत्तारुढ दल व्यवस्थापिका–संसद््मा पेलेर जान खोजेमा आफ्नो पार्टीले दृढतापूर्वक प्रत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १८, भक्तपुर । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले संविधान संशोधनका विषयमा सत्तारुढ दल व्यवस्थापिका–संसद््मा पेलेर जान खोजेमा आफ्नो पार्टीले दृढतापूर्वक प्रत"/>
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसदमा पेलेर जान खोजे प्रतिकार हुन्छ: खनाल

१८ पुष २०७३, सोमबार ०८:४६

पुस १८, भक्तपुर । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले संविधान संशोधनका विषयमा सत्तारुढ दल व्यवस्थापिका–संसद््मा पेलेर जान खोजेमा आफ्नो पार्टीले दृढतापूर्वक प्रतिकार गर्ने बताएका छन् । 

संविधान संशोधन प्रस्तावको विरोधमा विपक्षी दलले यही पुस २२ गते काठमाडौँमा गर्ने जनप्रदर्शनका सन्दर्भमा आज एमालेको जिल्ला प्रचार विभाग र प्रेस चौतारी नेपाल भक्तपुर शाखाले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उनले राष्ट्रलाई विखण्डन गराउने गरी कुनै पनि संशोधन हुन नसक्ने बताए । 

उनले भने– ‘‘५ नं प्रदेशका तराई र पहाडलाई अलग बनाउने प्रस्ताव अन्ततः एक मधेस एक प्रदेश बनाउने मनसायले आएकाले आफूहरुले त्यस्तो प्रस्तावलाई संसद्मा छलफल र पारित गर्न दिने छैनौँ । आन्दोलनको आवाज नसुने अहिले सरकारमा रहेका दल आगामी निर्वाचनमा बत्ती बालेर खोज्नुपर्ने हुन सक्छ ।’’ 

नेपालको संविधान लोकतान्त्रिक चरित्रको भएपनि यसमा रहेका कतिपय कमजोरी क्रमशः सुधार गर्नुपर्ने तर हाललाई गतिशील दस्तावेजका रुपमा यसको कार्यान्वयनमा जानुको विकल्प नभएको उनले उल्लेख गरे । 

जिल्ला प्रचार विभागका प्रमुख श्यामसुन्दर बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले संविधानको प्रतिकूल हुने गरी संविधान संशोधन आएकाले सञ्चारमाध्यमले तथ्यका आधारमा समाचार सम्प्रेषण गर्नुपर्ने  बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’